बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड पार, मृतकको संख्या ५ लाख नाघ्यो

आइतबार, १४ असार २०७७, ०६ : ५५
आइतबार, १४ असार २०७७

विश्वभर कोभिड–१९ द्वारा संक्रमित हुनेको संख्या आइतबार बिहान १ करोड पार भएको छ भने मृतकको संख्या ५ लाख नाघेको छ ।

अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या २५ लाख बढी रहेको छ ।  

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म संसारभरी कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार १ सय १५ रहेको छ भने ५ लाख  ६ सय २६ जनाको मृत्यु भइसकेको छ ।

यद्यपि, ५४ लाख ५३ हजार २ सय ४७ संक्रमित निकोसमेत भइसकेका छन् ।

संसारभरी अमेरिकामा सर्वाधिक २५ लाख ९६ हजार ५ सय ३७ कोरोनाद्वारा संक्रमित छन् । संक्रमितमध्ये १० लाख ८० हजार १ सय ३६ जना निको भइसकेका छन् । साथै, यहाँ हालसम्म १ लाख २८ हजार १ सय ५२ को मृत्यु भइसकेको छ ।

अमेरिकापछि ब्राजिल सर्वाधिक प्रभावित देश हो । यहाँ १३ लाख १५ हजार ९ सय ४१ संक्रमित रहेका छन् भने ५७ हजार १ सय ३ को मृत्यु भएको वर्ल्डोमिटर्सको आँकडाले देखाउँछ । साथै यहाँ ७ लाख १५ हजार ९ सय ५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप