यस कारण पो लाग्दो रहेछ हामीलाई निद्रा !
तपाई हामी सबै सुत्ने गर्छौ । संसारका सबै प्राणीहरु सुत्ने गर्छन् । हामी किन सुत्छौं भने हामीलाई निद्रा लाग्छ । निद्रा लागेपछि हामीलाई केही पनि गर्न मन लाग्दैन । हामीले चाहेर पनि हाम्रो शरीरले राम्ररी काम गर्न सक्दैन ।
तर यो निद्रा चाहिँ किन र कसरी लाग्छ ?
झट्टै सुन्दा प्रश्न अति साधारण र सामान्य लाग्न सक्छ । तर अझसम्म पनि यो सामान्य प्रश्नको ठीक जवाफ यही हो भनेर कसैले पनि दिन सकेको छैन ।
हामी किन सुत्छौं भन्ने बारे धेरै मान्यताहरु प्रचलित छन् । तर तीमध्ये यही चाहिँ साँचो हो यही चाहिँ झूठो हो भनी किटानी साथ भन्न सकिने स्थिति छैन ।
एक जमानामा के मानिन्थ्यो भने, हाम्रो रगतमा अक्सिजनको मात्रा सकिएपछि हामीलाई निद्रा लाग्छ । तर यो मान्यतालाई अहिले कसैले पनि विश्वास गर्नै सक्दैन । किनभने, हाम्रो रगतबाट अक्सिजनको मात्र सकिँदै सकिदैन । यो कुरा विज्ञानले नै प्रमाणित गरिसकेको छ ।
हामीलाई निद्रा लाग्नुको कारण बताउने यस्तो उडन्ते मान्यताहरु अरु पनि छन् । जस्तो, पत्याउनै नसकिने अर्को मान्यता के हो भने, हाम्रो शरीरमा जालो जस्तै गरि फैलिएको स्नायु प्रणाली (Nerve system) चुँडिन गएपछि हामीलाई निद्रा लाग्छ ।
त्यसै गरी, जब हाम्रो शरीरले मस्तिष्कलाई धकेल्न वा सक्रिय राख्न बन्द गर्छ, त्यसबेला हामी जागा रहन सक्दैनौ ।
अर्को विश्वास चाँहि के हो भने निद्रा लाग्नु भनेको प्राकृतिक रुपमा आफसे आफ हुने सकारात्मक प्रक्रिया हो । यसअनुसार, हाम्रो शरीर आफसेआफ नै जागा अवस्थामा रहन छोडछ, फलतः हामीलाई निद्रा लाग्छ ।
निद्रा किन लाग्छ भन्नेबारे अर्को मान्यता पनि कम रोचक छैन । यसअनुसार, हाम्रो शरीरलाई जागा राख्न आवश्यक तत्त्व (Substance) सकियपछि हाम्रो शरीर जागा रहन सक्दैन र हामीलाई निद्रा लाग्छ । हामी जब सुत्छौं, हाम्रो शरीरमा त्यो आवश्यक तत्त्व फेरि बन्छ । त्यस पछि हामी जाग्छौ र तरोताजा महसुस गर्छौं ।
निद्रा किन लाग्छ भन्ने अति सामान्य र दैनिक जीवनमा हामीले सधै गरिरहेका कुराको बारे पनि ठोस कारण अझै पत्ता लगाउन सकिएको छैन । त्यसैले यसबारे भ्रम तथा आधा सत्य लाग्ने भनाइहरु धेरै चलेको छन् । तर एउटा कुरा चाहिँ के सत्य हो भने, निदाएर उठेपछि हाम्रो शरीरको थकाइहरु हट्छ, शरीर तरोताजा बन्छ ।
सुते पछि हाम्रो शरीरमा के के हुन्छ ?
के तपाईंलाई थाहा छ– सुतेपछि हाम्रो शरीरमा के के हुन्छ ? तपाईंको मनमा अवश्य पनि जिज्ञासा लागेको हुन सक्छ ।
सुतेपछि त हामी एक किसिमले बेहोस जस्तै नै भएका हुन्छौं । गहिरो निद्रा अवस्थामा रहेको बेला त हाम्रो वरिपर जे जस्तोसुकै घटना भए पनि हामीले थाहा नै पाउँदैनौ । त्यस्तो अवस्थामा हाम्रो शरीरमा के के भइरहेको हुन्छ भन्ने कुरा कसरी थाहा पाउने ?
प्रत्येक राति हामी सुत्छौ । सुतेर गाढा निद्रामा पुगपछि हामी साँच्चै नै बेहास जस्तै हुन्छौं । तर यसको अर्थ यो होइन, हाम्रो शरीरले पनि काम नै गर्न छाडेको हुन्छ । सुत्दा पनि हाम्रो शरीरक महत्वपूर्ण अंगहरुले काम गरिरहेकै हुन्छन् ।
हामी सुते पछि हुने सबैभन्दा प्रमुख कुराहरु मध्ये एउटा के हो भने हाम्रो शरीरको मांशपेसीहरुले पूरै आराम गर्छ । नपत्याए कुनै सुतिरहेको मान्छेको हातलाई विस्तारै माथि उठाउनुहोस् त, तपाईंले सजिलै उठाउन सक्नु हुनेछ । यो कुरा सुतेको मान्छेले थाहा नै पाउँदैन ।
तर आँखा र परेलीबीचको मांसपेसी भने सुतेको हुँदैन । किनभने, यसले हाम्रो आँखालाई बन्द राख्ने काम गरिरहेकै हुन्छ ।
सुतेको बेला हामी चल्मलाउँछौ । कोही कम चल्मलाउँछौ, कोही बेसी । कसैकसैले त पूरै शरीर घुमाउँछ, यता उता कोल्टे फेर्छ । यो मान्छेको स्वभाव, वातावरणको तापक्रम, उसले सुत्नुअघि खएको खाना आदिमा पनि भर पर्छ । तर सामान्यतः एउटा स्वस्थ मान्छे एक रातमा २० देखि ४० पटकसम्म चल्मलाँउछ । रोचक त के छ भने, हामी प्रत्येक घण्टामा केही सेकेण्ड मात्र र एक रातभरिमा केही मिनेट मात्र चल्मालाएका हुन्छौ ।
हामी जागेको बेला देखेको घटनाबारे आ–आफ्नै किसिमले प्रतिक्रिया जनाउँछौ । तर सुतेको बेला सबै एकै समान हुन्छन् । किनभने, कसैले पनि आफू वरिपरि के भइरहेछ भन्ने कुरा थाहा नै पाउन सक्दैन । सुतेको मान्छेले कुनै हल्ला, गन्ध, तातो वा प्रकाश जस्ता बाहिरी कारणले अकस्मात जाग्यो भने पनि त्यसबारे सबैको प्रतिक्रिया एकै किसिमको नै हुन्छ ।
सुतेको बेला हाम्रो शरीरमा रगत दौडिरहेको हुन्छ । तर हाम्रो मुटु सामान्य अवस्थामा भन्दा कम नै धड्किरहेको हुन्छ । त्यसै गरी हामीले श्वास पनि विस्तारै फेरिरहेका हुन्छौ । हाम्रो पाचनप्रणालीले भने उठेको बेलामा जस्तै सामान्य रुपमा नै काम गरिरहेको हुन्छ । हाम्रो कलेजो र मृगौलाले पनि काम गरिरहको हुन्छ, तर अलि कम (मन्द) गतिमा । हाम्रो शरीरको तापक्रम पनि केही घटेको हुन्छ । हाम्रो शरीरको छालामा ओसिलोपनाको मात्रा बढेको हुन्छ तर हत्केला र पैतालामा भने त्यो घटेको हुन्छ ।
केही मान्छेहरु के विश्वास गर्छन भने, सुतेको एक समयमा मात्र हामी गहिरो निद्रामा हुन्छौं । तर यो कुरा साँचो हैन । हामी सुतेको अवधिभर पटक पटक गहिरो र सामान्य निद्रामा भइरहेका नै हुन्छौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन