शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा सडक निर्माण अभियान, अनुगमनमा पुगे मन्त्री नेम्वाङ

शनिबार, १३ असार २०७७, २३ : ०६
शनिबार, १३ असार २०७७

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं उपत्यकामा विस्तार र निर्माण भइरहेका सडकहरूको स्थलगत अनुगमन गरेका छन् । बालकुमारीको हनुमन्ते कोरिडोर, उपत्यकाकै सर्वाधिक सवारी जाम हुने कोटेश्वर चोकमा विस्तारको क्रममा रहेको चार लेनको सडक, गौशला–चाबहिल सडक र जोरपाटी–साँखु सडक खण्डको मन्त्री नेम्वाङले शनिबार अनुगमन गरेका हुन् । चार लेनको सडक विस्तारका लागि कोटेश्वर चोक क्षेत्रमा भने विमानस्थलको बार सार्ने काम सुरु भएको छ ।  

अनुगमनपछि मन्त्री नेम्वाङले हनुमन्ते कोअरिडोर निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय सरोकारवाला, निर्माण व्यवसायी र सम्बन्धित आयोजना हेर्ने आयोजना प्रमुख र मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालयलाई छलफलका लागि मन्त्रालयमा आइतबार  बोलाएका छन् ।

जोरपाटी–साँखु सडक खण्डको सानो थलीको उकालो क्षेत्र र तिवारी टोल लगायतका ठाउँहरुमा स्थानीयहरूले सडक विस्तारमा अवरोध गर्दै आएका छन् । अवरोध भएका क्षेत्रहरूमा सडक विस्तारको काममा समस्या देखिएको छ ।
स्थानीयको अवरोध नभएका क्षेत्रहरूमा भने सडक निर्माण र विस्तारको काम तीब्र गतिमा भइरहेको काठमाडौं सडक विस्तार आयोजना प्रमुख गुरु अधिकारीले बताए । 

मन्त्री नेम्वाङले सडक निर्माण र विस्तार कार्यमा समस्या देखिएको अवस्थामा सम्बन्धित क्षेत्रमै पुगेर सरोकारवालाहरूसँग छलफल गर्दै आएका छन् ।  शनिबार भएको अनुगमनमा प्रधानमन्त्री केपी शर्माओलीका विकास विज्ञ गजेन्द्र थपलिया, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, ट्राफिक प्रहरी प्रमुख भीम ढकाल, काठमाडौं सडक डिभिजन प्रमुख कुवेर नेपाली, उपत्यका सडक विस्तार आयोजना प्रमुख गुरू अधिकारी सहभागी रहेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप