शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोरखाको भिमसेन थापा गाउँपालिकामा थप ३ जनामा कोरोना संक्रमित, संक्रमितको संख्या २९ पुग्यो

शनिबार, १३ असार २०७७, २२ : ५१
शनिबार, १३ असार २०७७

गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिकामा थप ३ जना कोरोना संक्रमित भेटिएका छन्। गाउँपालिकाको वडा न ८ बोर्लाङ स्थित महादेवटारका क्रमशः १७ ,२१ र २६ बर्षिय व्यक्तिमा कोरोना संक्रमणको पुष्टी भएको भिमसेन गाउँपालिका गोरखाले जनाएको छ। गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमितको संख्या २९ पुगेको छ। यो जिल्लाकै संक्रमित संख्या धेरै भएको गाउँपालिका हो ।

गत जेठ २२ गते प्रहरीको हिरासतबाट धरौटीमा रिहा भएका बोर्लाङका २८ वर्षीय युवकमा कोरोना संक्रमणको पुष्टी भएपछि गरिएको कन्ट्रयाक्ट ट्रेसिङमा महादेवटारका थप ३ जना संक्रमित भेटिएको हो।

कोरोना संक्रमितलाई उपचारका लागि आज आइसोलनमा भर्ना गरिएको छ ।संक्रमण पुष्टी भएका महादेवटारका तीनै जनालाई उपचारका लागि सदरमुकाम स्थित गोरखा क्याम्पसको आइसोलनमा भर्ना गरिएको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले रातोपाटीलाई बताए।

आज कोरोना संक्रमणको पुष्टी भएका ३ जना समेत क्वारेन्टाइनमा नरहेका रउनीहरुको सम्पर्कमा आएकहरुको पनि कन्ट्रयाक्ट ट्रेसिङको तयारी भइरहेको खनालले बताए। 

गाउँपालिकाकाअनुसार अहिलेसम्म २ सय ५७ जनाको पिसीआर परिक्षण गरिएको जसमध्ये ११६ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ भने १ सय ४४ जना क्वारेन्टिनमा रहेका २९ जना कोरोना पोजेटिभ आइसोलेसनमा पठाएको र ४ जना उपचारपछि निको भएर घर फर्केको जनाइएको छ।

सम्भावित जोखिमलाई बढ्न नदिन गाउँपालिकाले गत असार ११ देखि एकहप्ता गाउँपालिका सिल गरेको थियो। कोरोना संक्रमण हुन सक्ने सम्भावित स्थानहरुमा मानिसहरुको अवतजावत पूर्ण रुपमा बन्द गर्ने, पालिकाभित्रका सम्पूर्ण बैङ्क तथा वित्तिय संस्था, उद्योग, ब्यवसाय तथा पसलहरु बन्द गर्ने र एक वडाबाट अर्को वडासम्म अत्यावश्यक काम बाहेक आवतजावतमा रोक लगाउने पनि निर्णय गरेको थियो।

यस्तै पालिकाभित्र रहेका खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ बिक्री गर्ने पसल बिहान ६ बजेदेखि सवबहान १० बजेसम्म मात्रै सञ्चालन गर्ने, समाजमा जुवातास खेल्ने, हुलहुज्जत तथा झगडा गर्ने तथा समूह बनाई हिँडडुल गर्ने जस्ता कार्यलाई पूर्ण रुपमा निषेध गर्ने साथै एक साताका लागि पालिकाभित्रका स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सरकारी कार्यालयबाट हुने सेवा प्रवाह हाललाई बन्द गर्ने निर्णय भएको हो।

भिमसेन थापा गाउँपालिकाको महादेवटारसहित सहितको क्षेत्रमा समुदायस्तरमा नै कोरोना संक्रमणको पुष्टी भएपनि स्थानीय सरकारले रोकथामका लागि महत्वपूर्ण भूमिका खेल्न नसकेको स्थानीयको गुनासो छ। गाउँपालिकाले बन्दाबन्दीको घोषणा गरेपनि सवारी साधन यथावत् चलेको स्थानीयहरु बताउँछन्।

उनीहरुले गाउँपालिका सिल गरेपनि आवतजावत र पसलहरु प्रयाप्त मात्रामा खुलिरहेको बताए । यता निर्णयको अवज्ञा गर्नेलाई प्रचलित कानूनअनुसार कारवाही गर्ने गाउँपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप