भूमि व्यवस्था र कृषि मन्त्रालयद्वारा सलह किराबाट बाली जोगाउन सुझावसहित अनुरोध
काठमाडौं । भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालयले सलहले सलह किराबाट खाद्यबाली जोगाउनेबारे किसानलाई सुझावसहित विशेष अनुरोध गरेको छ ।
शनिबार दुई मन्त्रालयद्वारा सयुक्त रुपमा जारी अनुरोधपत्रमा असार १३ गते भारतबाट सलह किराको ठूलो झुण्ड नेपालमा प्रवेश भई खेतवारीमा रहेका खडा वालीहरुलाई व्यापक क्षति पुर्याउने संभावना रहेकोले खाद्य संकट निम्तीन गई मानवजीवनमा प्रतिकूल असर पार्ने अवस्था श्रृजना भएको जनाइएको छ ।
सलह नियन्त्रणका लागि सलहले अतिक्रमण गर्दा धुवाउने, ठुल्ठूला आवाजहरू निकाल्ने, लामा डोरीहरू बारीको वारपार टाँगेर दुई जनाले दुईतिरबाट बालीनालीका बोटहरू हल्लाइदिने, चराहरूलाई संरक्षण गर्ने, सलह उडनुअघि बिहान बिहानै बाली खानुभन्दा पहिलै बारीबाट सलहलाई धपाउने, प्रकोप क्षेत्रका कृषकहरूलाई पनि विषादीरहीत सलह संकलन गरी पशुपन्छी तथा माछाको दानाहरूमा प्रयोग गर्ने, जालमा समात्ने र नेटजालीहरूमा छोप्ने आदि कार्यहरु गरी सलहबाट हुने क्षतिलाई कम गर्न मन्त्रालयको अनुरोध छ ।
थप आवश्यक जानकारीको लागि सम्बन्धित स्थानीय तहको कृषि विकास शाखा, नजिकको कृषि ज्ञान केन्द्र, पशु सेवा विज्ञ केन्द्र, निर्देशनालय वा मन्त्रालयमा सम्पर्क राख्न मन्त्रालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण