शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुलीमा पनि देखियो सलह किरा

शनिबार, १३ असार २०७७, १८ : २९
शनिबार, १३ असार २०७७

सिन्धुली । भारतको विहार हुँदै नेपाल प्रवेश गरेको सलह किरा सिन्धुलीमा पनि देखिएको छ । सिन्धुलीका विभिन्न  स्थानमा सलह किरा देखिएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।   सिन्धुलीको कमलामाई नगरपालिका २, ८ बाघमारा र १० को भडारमा सलहजस्तै किरा देखिएको कार्यालयले जनाएको हो ।

कमलामाई नगरपालिकाका कृषि शाखाका प्राविधिक सरोज फुयाँलका अनुसार किसानबाट फट्याङ्ग्राजस्तो किराले बालीनालीमा नोक्सान पुर्याएको जानकारी दिए । जुनार सुपरजोन सिन्धुलीका प्रमुख देवराज अधिकारीले नेपालमा सहल प्रवेश गरेको औपचारिक जानकारी कृषि  मन्त्रालयले नदिए पनि प्रभावित जिल्लाका विज्ञ एवं प्राविधिकसँग भिडियो छलफल गरिरहेको जानकारी दिए । 

उनले तराईसँगै सीमा जोडिएको सिन्धुलीसमेत सलहको खतरामा रहेको बताए ।  किराको नमूना हेर्दा सलह नै रहेको अनुमान गर्दै  सो विषयमा प्राविधिकहरुसँगको छलफलपछि यथार्थ सार्वजनिक गरिने विज्ञ अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप