शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कृषक र स्वास्थ्य संस्थालाई मास्क र पीपीई वितरण

शनिबार, १३ असार २०७७, १५ : ४०
शनिबार, १३ असार २०७७

नेपाली कांग्रेसका युवा नेता भगवान् अधिकारीको समन्वयमा काभ्रेको बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिकाका स्वास्थ्य संस्थामा मास्क वितरण गरिएको छ । 

चम्बर अफर कमर्स ललितपुरका सचिव हरिहर अधिकारी, शिक्षाविद्द्वय अरुण केसी र ज्ञानेन्द्र पराजुली, सञ्जिव बानियाँलगायतले मास्क उपलब्ध गराएका हुन् । 

बेथानचोक गाउँपालिकाका सम्पूर्ण वडाका कृषकहरुलाई लक्षित गरी मास्क र हेल्थ सेन्टरहरुका लागि पिपिइ सेट हस्तान्तरण गरिएको छ । 

नेपाली कांग्रेस बेथानचोक गाउँपालिकाका सभापति कृष्णबहादुर पाख्रिन र सचिव गोविन्द अधिकारीको उपस्थितीमा भएको कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना तथा विभिन्न वडाका अध्यक्ष सोमप्रसाद घिमिरे, भगवान् घिमिरे, दिलबहादुर श्रेष्ठ र लालबहादुर श्रेष्ठमार्फत स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ  । त्यसैगरी, पनौती नगरपालिका बल्थलीका दुग्ध कृषकहरुसमक्ष पु¥याउनका लागि वडा अध्यक्ष तारामान लामा, नेपाली कांग्रेस बल्थलीका पार्टी पार्टी सभापति चेतनाथ भारती, पूर्व सभापति सूर्यप्रसाद पराजुली, नेता आत्मराम सत्याल, सन्जु पराजुलीलगायत नेताहरुलाई मास्क हस्तान्तरण गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप