शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिमी वायुका कारण नेपाल छिर्‍यो सलह कीरा, वैज्ञानिकहरुले थप अनुसन्धान गर्दै

शनिबार, १३ असार २०७७, १५ : २७
शनिबार, १३ असार २०७७

काठमाडौं । बारा तथा सर्लाहीका केही स्थानमा सलह कीरा देखिएपछि त्यसबारे कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरु छलफलमा जुटेका छन् । 

शनिबार बिहान बाराको सिमरा, डुबरबाना, सिमरालगायतका स्थानका साथै सर्लाहीमा पनि सलह किरा देखिएको खबरपछि मन्त्रालयले विज्ञसहितको टोलीसँग भर्चुअल छलफल गरिरहेको हो ।  छलफलमा प्रदेश २ का प्राविधिकहरु पनि सहभागी रहेको मन्त्रालयका प्रवक्ता डा.हरि बहादुर केसीले जानकारी दिए । उनले सलह भित्रिएकाे खबरसँगै थप बुझ्ने कार्य भइरहेको पनि बताए । 

उनले भने, ‘सलह कीरा जस्तै झुण्डमा देखिएको हो, त्यो वास्तवमा हो कि होइन भनि निश्चित गर्नका लागि छलफल गर्नुको साथै मन्त्रालयबाट एक प्राविधिक टोली पनि पठाइएको छ ।’

प्रदेश २ सरकारले पनि बाली संरक्षण प्रयोगशालाका प्रमुख अशोक यादवको नेतृत्वमा प्राविधिक खटाइसकेको छ । सर्लाहीको तेलबाली अनुसन्धान केन्द्रमा देखिएको कीरालाई औषधि छर्केर नष्ट गर्ने काम पनि गरेको छ ।
यसअघि एक समितिले पूर्वी वायुका कारण नेपालमा अहिले सलह आउने सम्भावना एकदम न्युन रहेको प्रतिवेदन मन्त्रालयमा दिएको थियो । तर केही दिनदेखि पश्चिम वायु शुरु भएको कारणले यो कीरा बिहार हुँदै नेपाल छिरेको प्रारम्भिक अनुमान रहेको नार्कका वरिष्ठ वैज्ञानिक डा.सुनिल आर्यालले बताए । 

‘पश्चिमी वायुका कारण यो छिरेको हो, तर भारतमा जुन प्रकृतिका कीरा देखिएको थियो, त्यो किरा यतिबेला नेपाल आउनु नपर्ने हो’, वैज्ञानिक आर्यालले भने, ‘भारतको अहमदावादमा देखिएको कीरा फर्किसकेको सूचना पाएका थियौं, तर यो कसरी नेपाल आयो त्यसको बारेमा अध्ययन भइरहेको छ।  

समितिले पनि वर्षात शुरु भएको र पूर्वी वायु पनि शुरु भएको कारणले नेपाल छिर्ने सम्भावना एकदम न्युन रहेको अनुमान गरिएको थियो ।

यो बसन्त ऋतुमा देखिने किरा हो तर अहिले गर्मीमा पनि नेपालमा देखियो । केही पहिले भारतमा देखिएको भन्दा फरक फरक प्रकृतिको किरा देखिएको भन्दै उनले यसबारेमा ल्याबमा परीक्षण नगरी यसै सबै कुरा भन्न नसकिने बताए । 
नेपालमा देखिएसँगै नेपाली वैज्ञानिकहरुले पाकिस्तान र भारतका वैज्ञानिकहरुसँग पनि छलफल गरेका छन् । नेपालमा देखिएको सलह कीराको फोटो हेरेर पाकिस्तान र भारतका वैज्ञानिकले पनि यो सलह कीरा नै रहेको भनेका छन् तर यसको ल्याब परीक्षण नभएसम्म शतप्रतिसत सुनिश्चित गर्न नसकिने वैज्ञानिक आर्यालले बताए । 

नेपाल आएका सलह कीराले तरकारी र मकै बालीलाई नष्ट गर्न सक्ने भएकाले यसतर्फ ध्यान दिन जरुरी देखिएको छ । 

सलहले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्ने बताइन्पार्ने बताइन्छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप