शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई वर्षभित्रमा सबै घरधुरीमा आधारभूत खानेपानी

शनिबार, १३ असार २०७७, १३ : ११
शनिबार, १३ असार २०७७

कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी दुई वर्षभित्र खानेपानी सुविधा नपुगेका सबै घरधुरीमा आधारभूत खानेपानी पु¥याउने लक्ष्य लिएको छ । 
गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्रमा खानेपानी सुविधा नपुगेका सबै घरधुरीमा आधारभूतस्तरको खानेपानी पु¥याउन सङ्घ, प्रदेश सरकार एवं अन्य गैरसरकारी सङ्घसंस्था सँगको साझेदारीमा ‘एक घर, एक धारा’ कार्यक्रमलाई निरन्तरता दिई सम्पन्न गरिने उल्लेख छ ।
    
सङ्घ सरकारबाट स्वीकृत बृहत् लान्द्रुक खानेपानी आयोजनालाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा यसै वर्षबाट निर्माण कार्यको प्रारम्भ गरिने अध्यक्ष युवराज कुँवरले जानकारी दिए। 
सम्पन्न भएका खानेपानी आयोजनाको पानीको मुहान संरक्षण, नियमित आपूर्ति र गुणस्तरीयताका लागि स्थानीय खानेपानी तथा सरसफाइ समितिलाई प्रमुख जिम्मेवार तुल्याई आयोजनाको दिगोपना कायम गरिने उनले बताए ।
    
हालको आधारभूत खानेपानीको व्यवस्थामा सुधार एवं स्तरोन्नति गर्दै पानीको गुणस्तर परीक्षण गरी पालिकावासीलाई शुद्ध खानेपानीको सुनिश्चितता गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पालिकाभित्रका विभिन्न खानेपानीका योजना सञ्चालनका लागि आव २०७७/७८ मा रु एक करोड छुट्याएको उपाध्यक्ष सगुन गुरुङले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप