बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वभर कोरोबाट संक्रमित हुनेको संख्या १ करोड नजिक

शनिबार, १३ असार २०७७, १२ : ५५
शनिबार, १३ असार २०७७

 विश्वमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या १ करोड नजिक पुगेको छ । 

 वर्ल्डोमिटर्सका अनुसार शनिबार मध्यान्हसम्म ९९ लाख १२ हजार बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

यस्तै मृत्यु हुनेको सङ्ख्या बितेको २४ घण्टामा पाँच हजार ११६ रहेको छ भने शनिबारसम्म विश्वभर कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको कूल सङ्ख्या चार लाख ९७  हजार ६७ पुगेको समाचारमा जनाइएको छ । 

विश्वमा कोभिड–१९ महामारीका कारण सबैभन्दा बढी सङ्क्रमित तथा मृतकको अमेरिकामा रहेको छ भने यूरोपमा करिब २६ लाख सङ्क्रमित रहेका छन् । त्यस्तै एशियामा २१ लख २२ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । 

सङ्क्रमणका आधारमा भन्ने हो भने कोरोनाभाइबाट बढी प्रभावित हुने मुलुकहरूमा क्रमशः अमेरिका, ब्राजिल, रूस, भारत बेलायत स्पेन पेरू, चिली, इटाली र इरान रहेका छन् । दक्षिण एशियाली मुलुकहरूमा भारत सबैभन्दा बढी प्रभावित मुलुक हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप