बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपा बैठकमा आज पनि बसेनन् ओली

शनिबार, १३ असार २०७७, १२ : ०९
शनिबार, १३ असार २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो दिनको स्थायी कमिटी बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको तेस्रो दिनको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली एकैछिन सहभागी भएर हिँडेका छन् । 

‘एकै छिन आउनुभयो, मुख देखाएर हिँड्नुभयो हामी त छक्क पर्यौ’ एक स्थायी समिति सदस्यले रातोपाटीलाई बताए ।

दोस्रो दिनको बैठकमा ओली नआएको भन्दै नेताहरुले चर्को आलाचना गर्नुका साथै बैठकस्थल नै सार्न माग गरेका थिए । 

शुक्रबारबाट एजेण्डागत रुपमा छलफल थालिएको नेकपा बैठकमा सीमा समस्याबारे १८ सदस्यहरुले धारणा राखेका थिए । बाँकी सदस्यहरुले आज सोेही विषयमा धारणा राख्नेछन् । प्रत्येक सदस्यलाई बोल्न १० मिनेटको समय तोकिएको छ । 

यसअघि पहिलो दिन बुधबारको बैठकले सातवटा एजेण्डामा छलफल गर्न कार्यसूची तय भएको थियो । 

पहिलो दिनको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेर स्थगित भएको थियो । पहिलो दिनको बैठकमा सम्बोधन गर्दै ओली र प्रचण्डले एकले अर्कोलाई घोचपेच गरेका थिए । अध्यक्षकै सम्बोधन एकअर्काप्रति लक्षित भएपछि अन्य सदस्यहरु समेत धु्रवीकृत हुने देखिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप