शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सीके राउत नेतृत्वको जनमत पार्टीका ७ नेताद्वारा पार्टी परित्यागको घोषणा

शनिबार, १३ असार २०७७, ११ : ५८
शनिबार, १३ असार २०७७

परासी । डा सिके राउत नेतृत्वको जनमत पार्टीका ७ जना केन्द्रीय सदस्यले पार्टी परित्यागको घोषणा गरेका छन् । राउतको कार्यशैलीप्रति असन्तुष्ट बन्दै केन्द्रंीय सदस्य कैलाश महतोसहित ७ जना केन्द्रीय सदस्यले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेमा नवलपरासीबाट पार्टीका केन्द्रीय सदस्य कैलाश महतो, धुव्र प्रसाद गौड, राजमति पासवान, कपिलवस्तुका हकिकुल्ला मुसलमान, सिरहाकी सतिला यादव, बाराका दिनेश प्रसाद यादव, पर्साका संजय कुमार साह रहेका छन् । कैलाश महतो राउतद्वारा गठित तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका सह–संयोजक तथा निकटस्थ मानिन्छन् । 

 राउतले मधेशको हकहितमा आवाज बुलन्द नगर्ने बरु उल्टै नेकपा नेतृत्व सरकारको वकालत गर्दै मधेका एजेण्डालाई पनि बिर्सिदै गएकोे उनीहरुको आरोप छ । 

कैलाश महतोले नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा आजदेखि आफूहरुले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको र अब कुन बाटो अपनाउने भन्नेमा चाँडै निर्णय लिइने बताए । 

त्यस्तै जनमत पार्टीको जिल्ला कार्यसमितिले पनि पार्टीबाट सामूहिक राजीनामा दिएको छ । पार्टीका जिल्ला अध्यक्ष श्रीकृष्ण यादवको नेृत्वमा गठित २३ सदस्यीय कार्यसमितिमा २ जना बाहेक २१ जनाले सामूहिक राजिनामा दिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप