शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – अमेरिकीद्वारा कोरियामा सेना तैनाथ गर्ने घोषणा

शनिबार, १३ असार २०७७, ११ : ४२
शनिबार, १३ असार २०७७

कोरियाली युद्ध सुरु भएको दुई दिनपछि २७ जुन १९५० मा अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रयुम्यानले दक्षिणतर्फको प्रजातान्त्रिक सरकारलाई उत्तरतर्फको कम्युनिष्ट सरकारको आक्रमणविरुद्ध सघाउन वायु तथा जलसेना तैनाथ गर्ने घोषणा गरे । 

त्यस्तै, उनले ताइवानको सुरक्षा र भियतनाममा लडिरहेको फ्रान्सेली सेनालाई सहयोग गर्न पनि अमेरिकी सेना परिचालन गरे । दोस्रो विश्वयुद्ध समाप्त हुँदै गर्दा १९४५ को याल्टा सम्मेलनमा अमेरिका, सोभियत युनियन र बेलायतबीच कोरियाली प्रायद्वीपलाई दुई अलग भागमा विभाजन गर्ने सहमति बनेको थियो । विभाजन रेखाको उत्तरतर्फ सोभियत सेना र दक्षिणतर्फ अमेरिकी सेना तैनाथ भए । १९४७ मा अमेरिका र बेलायतले पुरै कोरियामा निर्वाचन गर्न माग गरेका थिए, तर यसलाई सोभियत युनियनले स्विकारेन ।

मेइ १९४८ मा उत्तरतर्फ कम्युनिष्ट राष्ट्र जनगणतन्त्र कोरिया अर्थात् उत्तर कोरिया र अगस्टमा दक्षिणतर्फ गणतन्त्र कोरिया अर्थात् दक्षिण कोरिया बने । १९४९ सम्म अमेरिका र सोभियत युनियन दुबैले कोरियाली प्रायद्वीपबाट आफ्ना धेरैजसो सेना हटाइसकेका थिए । उत्तरतर्फ किम इल सुङको नेतृत्वमा कम्युनिष्ट सरकार र दक्षिणतर्फ सिङमेन रिईको नेतृत्वमा कम्युनिष्ट विरोधी पुँजिवादी सरकार कायम थिए । तर, दुबै नेताले सम्पूर्ण कोरियाको नेतृत्व आफ्नो हातमा रहेको दाबी गर्थे ।

२५ जुन १९५० को बिहान ९० हजार उत्तर कोरियाली सेना विभाजन रेखा पार गर्दै अघि बढ्योे । त्यसपछि दक्षिण कोरियाले प्रतिरोध ग¥यो । यही दिन दिउँसो बसेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकबाट उत्तर कोरियाली सेनालाई सीमा क्षेत्रमा फर्काउने र घृणा अन्त्य गर्ने अमेरिकी प्रस्ताव स्विकृत भयो । जनगणतन्त्र चीनलाई आधिकारीकता दिने विषयलाई संयुक्त राष्ट्रसंघले अस्विकार गरेकाले यतिबेला सोभियत युनियनले सुरक्षा परिषद् बैठक बहिष्कार गरिरहेको थियो । त्यसैले उसले यी र यस्ता अन्य संकल्प प्रस्तावमा आफ्नो भिटो प्रयोग गर्ने मौका गुमायो । 

कम्युनिष्टलाई एक स्वतन्त्र राष्ट्र कब्जा गर्नबाट रोक्नका लागि कोरियाली युद्धमा अमेरिकाले हस्तक्षेप गर्ने घोषणा २७ जुनमा राष्ट्रपति ट्रयुम्यानले गरे । उनले उत्तर कोरिया आक्रामक हुनुमा सोभियत युनियनको हात रहेको संकेत गरेका थिए र सोभियतले उत्तरलाई ट्यांक र हतियारले सहयोग पनि गरेको थियो । कोरियामा हस्तक्षेप गर्दा सोभियत युनियनसँग सिधा युद्ध हुने खतरा देखिएपनि ट्रयुम्यानको निर्णयलाई अमेरिकी कंग्रेस र सर्वसाधारणबाट राम्रो साथ मिल्यो । 

२८ जुनमा सोभियत युनियनबाहेक सुरक्षा काउन्सिलका बाँकी सदस्यको बैठक फेरि बस्यो र यसले उत्तर कोरियाविरुद्ध सेना प्रयोग गर्ने प्रस्तावमा स्विकृति जनायो । ३० जुनमा ट्रयुम्यानले कोरियामा अमेरिकी स्थल सेना पठाउने सहमति गरे र ७ जुलाईमा सुरक्षा परिषद्ले संयुक्त राष्ट्रसंघ अन्तर्गत कोरियामा गएका सबै सेनालाई अमेरिकाको कमाण्डमा राख्न सुुझाव दियो । अर्को दिन जनरल डोउग्ला म्याकअर्थर यस युद्धका लागि संयुक्त राष्ट्रसंघको कमाण्डर बने ।

सुरुवाती महिना अमेरिकी नेतृत्वको संयुक्त राष्ट्रसंघ सेना उत्तर कोरियामाथि हाबी भयो ।  तर, चिनियाँ कम्युनिष्ट सेना अक्टुबरबाट उत्तर कोरियाको साथमा आयो, त्यसपछि दक्षिणतर्फ उत्तर कोरियाली फौजले आफ्नो भूभाग विस्तार थाल्यो । यस युद्धका क्रममा चारपटकसम्म उत्तर कोरियाले सिओल कब्जा ग¥यो ।  

यता, अमेरिकाले पनि उत्तर कोरियाका धेरै शहरमा बम खसालिरह्यो भने गोप्य रुपमा उत्तरको सहयोगमा सोभियत युनियनले वायुसेना पठाइरह्यो । उत्तर र दक्षिण दुबैतर्फका धेरै शहर युद्धका क्रममा ध्वस्त भए । इतिहासमा जेट फाइटर प्लेनहरु एकअर्काविरुद्ध आमने–सामने भएको यो पहिलो युद्ध हो । अप्रिल १९५१ मा म्याकअर्थरले चीनमा बम हान्ने सार्वजनिक धम्की दिएपछि उनलाई ट्रयुम्यानले नै कमाण्डबाट हटाए । चीनसँग युद्ध सुरु हुँदा सोभियत युनियन पनि प्रत्यक्ष रुपमा कोरियाली युद्धमा तानिने डर ट्रयुम्यानलाई थियो ।

मेइ १९५१ मा उत्तर कोरियाली सेनालाई सीमा क्षेत्रमा फर्काउन संयुक्त राष्ट्रसंघको सेना सफल भयो । यसको दुई वर्षपछि १९५३ जुलाई २७ मा भएको आर्मिस्टिक सन्धीले जसअनुसार विभाजन रेखामा सैनिकरहित इलाका खडा ग¥यो । यससँगै युद्ध समाप्त भयो । युद्धमा दुबैतर्फका गरेर कुल २० देखि ३० लाख सेना तथा सर्वसाधारण मारिए, मारिनेमध्ये अधिकांश सर्वसाधारण थिए । आर्मिस्टिक सन्धीले  १९४५ मा कोरिएको सीमालाई नै पुनस्र्थापित गरिदिएको छ । तर, दुई देशबीच अझै पनि औपचारिक शान्ति सम्झौता हुन बाँकी नै छ । 

अन्य घटनाक्रम 
१६९३ – महिलाहरुको पहिलो पत्रिका ‘लेडिज मर्करी’ लण्डनमा प्रकाशित । 
१८३९– शिख साम्राज्यका संस्थापक महाराज रणजीत सिंहको निधन । 
१९९१ – स्लोभेनिया स्वतन्त्र भएको ४८ घण्टाभित्रै युगोस्लाभियाको सेनाद्धारा ट्यांक र विमानसहित आक्रमण । युगोस्लाव सेनाले इटली, अस्ट्रिया र हंगेरीसँग जोडिएको सीमा क्षेत्रका चेक–पोस्ट कब्जा ग¥यो र राजधानी लुबलियानाको हवाई अड्डामा हमला ग¥यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप