सरकार ! राजु सदाको मृत्यु कि हत्या ?

बिहानैदेखि यत्रतत्र देखिए
एउटा डरलाग्दो खबर
राजु सदाको मृत्युु
त्यो पनि सरकारको सुव्यवस्थित क्वारेन्टाइनमा,
पत्याउन गाह्रो भो
अफसोस
बलात्कारको घटना ओभाउन नपाउँदै
छताछुल्ल भएको राजु सदाको
दर्दनाक यो उस्तै गरी
क्वारेन्टिन लापरवाहीको घटनाले
सरकारले थमाउने नागरिकतालाई गिज्याइरह्यो
धनुसावासी
सोह्र वर्षे किशोर,
भारतको चेन्नेइमा मजदुरीबाट फर्किएको
मजदूर,
देश सम्झिएर खुशी हुँदै
भोकै लड्दै पड्दै
आएको प्यारो छोरो,
तर कोरोनाले होइन हजुर
पखाला र सरकारको लापरवाहीले
गयो ज्यान !
मान्छे सिध्याउने क्वारेन्टिन
एम्बुलेन्सरुपी टिपर
भेदभावको परिपूरक आइसोलेसन वार्ड,
रिपोर्ट नआउँदै कोरोनाको
मनोभाव पुष्टि गर्ने अस्पताल
अनि दस अर्बको ललिपपमा
कोरोना उकास्ने र निरोगी मार्ने
नीति लिएको सरकार
यी सबै सबै
योजनाकारहरु हुन्
राजु सदाको हत्याका !
विचरा छट्पटिएको परिवार
र तड्पिएका राजु सदा
जसका एकएक दृश्यले मुटु काँप्छ
आँशुका बलिन्द्रधारा छुट्छ
आत्मा नै चिच्याउँछ, गुहार्छ
तर खै कसले सुन्यो र सुन्छ ?
ती हजारौँ राजु सदाको आवाज
जो क्वारेन्टिनमा कोरोनाभन्दा
बढी सरकारको भद्रगोल थिति र
ढिलासुस्तीबाट त्रसित छन् ।
असार ९ मा
सरकारको चरम खेलबाडले जीवन सिध्याएका
राजु सदाको एजेण्डा
असार १० को
शीतल निवासरुपी
रात्रि भोजमा उठ्यो कि उठेन होला ?
सत्ता किनबेचमा मस्त
नेकपाको असार १० कै
स्थायी कमिटी बैठकमा
उठ्यो कि उठेन होला ?
खैर !
देशको माया पाउने सपनाहरुले
लखेटी लखेटी कोरोना कहरमा
मातृभूमिको एक घुड्की अमृत पिउने
लालसामा आएको प्रिय राजु सदा
अनि निस्सासिँदै
देश खोज्दा खोज्दै
अँध्यारो सरकारको छायाँले
लिएको उस्को ज्यान ।
कठै !
हाम्रा लाचार सहानुभूतिहरु
ती मसीहाहरुका नियममा प्रतिबद्ध
हाम्रा आशाहरु
कठै !
हाम्रा वियोगका आँसुरुपी
मुलायम हतियारहरु
जसलाई समातेर अनि
स्वयं हाम्लाई तर्साएर
व्यापार गरिरह्यो
भ्रष्टाचार गरिरह्यो
आखिरीमा एउटा लक्का जवान
छोराको ज्यान लिइछाड्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक : सभामुख घिमिरे
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का
-
इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै
-
हेड टु हेडमा अघि तर लय गुमाएको राजस्थान र लखनउबिच भिडन्त
-
एउटा खुट्टै काटेर भएपनि एनआरएन जोगाउनुपर्छ : अभियन्ता शर्मा