बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मै पनि बुहारी

शनिबार, १३ असार २०७७, ११ : १९
शनिबार, १३ असार २०७७

–शीतल शर्मा

महिला माथि महिला हिंसा, यस्तै छ समाज,
विपक्ष–पक्ष दुवैको कुरा, खोल्दैछु म आज ।
बसेका सँगै भेटिन्छन् जहाँ, सासू र बुहारी,
अड्कल आफै सकिन्छ गर्न, सुरु भो जुहारी ।।

गर्दिएँ बिहे छोरा त अब, अर्कैको भयो रे,
सर्वस्व त्यागी आइकीसँग, नजिक गयो रे ।
सासूले पनि बुहारी भई, ती सबै भोग्यौ नि,
आएन चेत सासूकै बाटो, कसरी रोज्यौ नि ?

आकाशमाथि थुकेको छिटा, आफैमा झर्दछ,
व्यवहारभित्र त्यै लागू हुन्छ, यो बुझ्नु पर्दछ ।
सम्बोधन नाता सासू त अब, आमा पो भइछिन्,
सुन्दा त राम्रो व्यवहारभित्र, सासू नै रहिछिन् ।।

लाग्दैछन् अझै हात र खुट्टा, त्यसैले फुर्ती छ,
छोरीमा माया झल्कन्छ प्रष्टै, बुहारीमा घुर्की छ ।
गल्दैछौ झन् सक्दिनौँ अब, नखेल जुहारी,
मुढोझैँ जब ढल्नेछौ अनि, चाहिन्छ बुहारी ।।

दुई–चार दिन राम्रै छ चाल, क्रमशः अर्कै छ,
ससुरा– सासू स्याहार्नु पर्दा, झर्केको झक्र्यै छ ।
छुट्टेर बस्न बुहारी त्यसै, बहाना खोज्दैछिन्,
बन्धनबाट फुत्कनुपर्ने, चाहना रोज्दैछिन् ।।

सजिलो छैन बुढा र बुढी, सुसार गर्न त,
कर्तव्य पनि दिँदैन त्यसै, पछाडि सर्न त ।
समय कोल्टो फेरियो अब, उल्टो पो भएछ,
बुहारी राख्थिन् जो भय आज, सासूमा गएछ ।।

कर्तव्यबाट नखोज भाग्न, तिमीले बुहारी,
के गथ्र्यौ तिम्री त्यै ठाउँ आमा, भैदिए क्यै गरी ?
छोरा छन् तिम्रा, त्यो दिन तिम्रो, पनि त आउला,
जे देख्यो आज छोराले त्यही, संस्कार पाउला ।।

छोरी र ज्वाइँ मिलेर गरे, त्यो राम्रो काम रे,
छोराले गरे त्यै काम फेरि, जोइटिङ्ग्रे नाम रे ।
समाज यस्तै कसको माथि, थुपारुँ म गाली ?
बुझेमा चित्त यो कुरा मेरो, बजाइदेऊ है ताली ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा