शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्र्याक्टर नहरमा खस्दा चालकको मृत्यु

शनिबार, १३ असार २०७७, १० : १७
शनिबार, १३ असार २०७७

रौतहट – रौतहटको गुजरा नगरपालिकास्थित एउटा ट्र्याक्टर नाहरमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ । 

गुजरा ४ गढिमाई मन्दिर छेउमा तीब्र गतिमा गइरहेको ना७ त ८७३८ नम्बरको ट्र्याक्टर नहरमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा गुजरा १ मनहरवा गाउँका २७ बर्षिय संजय माझी रहेको घटनास्थल गएका प्रहरी चौकी हरिनगर पोखरभिण्डाका असई संजय सिंहले जानकारी दिएका छन् । 

बाटोबाट झन्डै १० फिट तल झर्दा चालक माझी ट्र्याक्टरले चेपिएका थिए । 

शनिवार बिहान ९ बजे ट्र्याक्टर नहरमा खसे लगत्तै प्रहरी र स्थानीयको सहयोगमा मृतक माझीको शव बाहिर निकालिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी चौकी हरिनगरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप