शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

शनिबार, १३ असार २०७७, १० : ०३
शनिबार, १३ असार २०७७

सर्लाही – सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

शुक्रबार साँझ सर्लाहीको कबिलासी नगरपालिका वडा नम्बर १० स्थित नवलपुर मंलगवा सडकखण्डमा मंलगवाबाट नबलपुरतर्फ जादैँ गरेको बा १० प ४४८१ न. मोटरसाइकलले पदैल यात्रीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदाँ परिचय नखुलेका अन्दाजी ७० वर्षिय वृद्धको मृत्यु भएको हो ।

मोटरसाइकल ठक्करबाट ती वृद्धको टाउकोमा चोटको कारणले बोल्न नसक्ने र उपचारको लागि वीरगंज लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक मदन कुँवरले जानकारी दिए ।

यता, प्रहरीले मोटरसाइकल चालक सर्लाही मंलगवा नगरपालिका वडा नम्बर ५ मा बस्ने गुलाम गैस र मोटरसाईकललाई नियन्त्रणमा लिएको जनाएको छ ।

उपचारको लागि वीरगंज लाने क्रममा बाटोमा मृत्यु भएका वृद्धको शव जिल्ला अस्पताल सर्लाहीमा ल्याई राखिएको प्रहरी नायब उपरिक्षक कुँवरले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप