‘इन्स्टाग्राम’मा अमर सुशान्त सिंह राजपूत

एजेन्सी – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि उनका प्रशंसकहरु उनको यादमा डुबिरहेका छन् । उनको निधन भएको ११ दिनभन्दा बढी भइसक्दा पनि प्रायः उनको निधनलाई स्वीकार गर्न सकिरहेका छन् । सामाजिक सञ्चाल, सञ्चार माध्यम जताततै उनको बारेमा लेखिएका पोस्ट्हरु देख्न सकिन्छ ।
यसैबीच, सुशान्तलाई इन्स्टाग्राममा अत्यधिक फलो गर्न थालिएको छ भने सुशान्त सिंहजस्ता तीक्ष्ण दिमाग र अभिनयमा पोख्त कलाकारले किन आत्महत्या गरे त ? भन्ने विषयमा त बलिउडमा तहल्का नै मच्चिएको छ । नेपोटिज्ममाथि उठिरहेका प्रश्न, गुटबाजीका कुरा र बलिउडका ठूलाबडाको राजका बारेमा खुलेर विरोध समेत हुन थालेको छ ।
पछिल्ला दिनहरुमा सुशान्तको इन्स्टाग्राममा तीव्र गतिमा फलोअर्स बढिरहेको छ भने बलिउडका अन्य कलाकारको फलोअर्स घटिरहेको छ । सुशान्तको निधनपछि २ मिलियन फलोअर्स बढेको छ । उनको जुन १४ सम्म ११.८ मिलियन फलोअर्स थियो भने अहिले १३ मिलियन फलोअर्स पुगेको छ ।
सुशान्तको आत्महत्यापछि उनको सामाजिक सञ्जाल इन्स्टाग्रामको बायोमा ‘रिमेम्बरिङ’ शब्द जोडिएको छ । उनको निधनपछि इन्स्टाग्रामका पुराना भिडियो तथा तस्बिरहरु हेर्दै उनका प्रशंसकहरुले उनलाई याद गरिरहेका छन् । उनको निधन भएको पाँच दिनपछि उनको अकाउन्ट ‘मेमोरी’ बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा