बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लद्दाख क्षेत्रमा भूकम्पको धक्का

शुक्रबार, १२ असार २०७७, २३ : ०४
शुक्रबार, १२ असार २०७७

एजेन्सी । चीन र भारतको सीमा क्षेत्र लद्दाखमा शुक्रबार साँझ ८ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको झड्का महसुस भएलगत्तै स्थानीय सर्वसाधारणहरुमा त्रास फैलिएको थियो । भारतीय राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु लद्दाख र कारगिलदेखि २०० किलोमिटर उत्तरपश्चिम क्षेत्रमा परेको थियो ।

भारतमा शुक्रबार अन्य क्षेत्रमा पनि भूकम्पको झड्का महसुस गरिएको थियो । हरियाणा र रोहतक क्षेत्रमा २.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो । त्यस्तै मेघालयमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । मेघालयमा ३.३ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ ।

मेघालयको भूकम्पको केन्द्रबिन्दु टुरादेखि ७९ किलोमिटर पश्चिममा परेको थियो । भारत यसबेला कोरोना महामारीसँग लडिरहेको छ भने लद्दाखमा चिनियाँ सेनासँगको टकरावको स्थिति पनि कायमै छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप