शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा दुई समूहबीच ग्याङफाइट, खुकुरी प्रहारबाट ४ जना घाइते

शुक्रबार, १२ असार २०७७, २२ : ५७
शुक्रबार, १२ असार २०७७

तुलसीपुर । दाङमा दुई समूहबीच झडप भएको छ । झडप हुँदा ४ जना घाइते छन् ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार झडपमा खुकुरी प्रहार हुँदा तुलसीपुर उपमहागनरपालिका–८ अस्वारा निवासी लक्ष्मी भण्डारी, सुवास वली, मोहन बस्नेत र दुधेना निवासी विजय योगी घाइते भएका हुन् । 

गहतेखोलामा शुक्रबार साँझ ६ बजेतिर दुई समूहबीच झडप भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले बताए । 

सामान्य उपचारपछि उनीहरु सोधपुछका लागि प्रहरी कार्यालयमा छन् । झडपको कारण, अर्को समूहमा संलग्नलगायतको बिषयमा अनुसन्धान भइरहेको उनले बताए । केटीको विषयलाई लिएर झडप भएको हुनसक्ने शंका गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप