सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १५ सय १५ पुग्यो
कैलाली । सुदूरपश्चिम प्रदेशमा एकै दिन २२१ जनामा कोभिड– १९ संक्रमण पुष्टि भएपछि कृयाशिल संक्रमितको संख्या १५१५ पुगेको छ । आज थप २२१ जना कोभिड – १९ को संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १५सय १५ पुगेको हो ।
रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परिक्षण वाट १८६ र सेती प्रमदेशिक अस्पतालबाट गरिएको परिक्षण बाट थप ३५जनामा पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया व्रिफिङ्गमा जानकारी दिएको छ ।
यस अघि नै ३४२ जना संक्रमित निको भई घर गईसकेका छन भने ५ जना संक्रमितको मृत्यु भईसकेको छ ।
पुस्टि भएका मध्ये कैलाली २४ पुरुष,१३ महिला, कञ्चनपुर ३६ पुरुष, ८ महिला, अछाम २ पुरुष , बाजुरा १७ पुरुष, १० महिला छन् । त्यसैगरी २१ पुरुष,६ महिला, डडेल्धुरा १ पुरुष, डोटी २९ पुरुष,४२ महिला,बझाङ्ग ६ पुरुष,३ महिला र दार्चुला ३ परुष रहेको सामाजिक बिकास मन्त्रालयका स्वमस्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलाई जानकारी दिए । प्रदेशमा हालसम्म १५ हवजार ७ सय ९८ जनाको पिसिआर बिधिवाट जाच गरिएका मध्ये १३ हजार ९३६ को नेगेटिभ आएको उनले बताए ।
४ हजार ९ सय ७ को रिपोर्ट आउन बाँकी छ र पोजिटभ संक्रमितको बिभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए । संक्रमितहरु अछाम ११४, बैतडी २०४ , बझाङ्ग ६४, बाजुरा १२८, डडेल्धुरा २१९, दार्चुला १६, डोटी २६२, कैलाली ५५१, कञ्चनपुर ३०४ गरी १८ सय ६२ रहेका छन् भने जस्मध्ये ३४२ जना निको भइघर गएका र ५ को मृत्यु पश्चात अब संक्रमित कृयाशिल संख्या १५ सय १५ रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।
आरडिटी बिधिवाट १ लाख ७ हजार १३२ जनामा परिक्षण गरेको छ ।
क्वारेन्टिन बेर्ड ८३ हजार ७०० छन् । प्रदेशका विभिन्न आइसोलेसनमा शंकास्पद १८ र संक्रमित १०० गरी ११८ जनाको उपचार भइरहेको उनले वताए । ५९९ जना भने सामान्य उपचारपछि घर गइसकेको उनले बताए ।
सेती प्रादेशिक अस्पताल धनगढीमा १०, टिकापुर ३२, महाकाली,२२, अछाम १०, बझाङ्ग १ ,डोटी ३ ,बाजुरा १, दार्चुला १ र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भई रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रुसको चेतावनी
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता
-
उत्तर कोरियाली नेताले भने– परमाणु युद्धको यति ठुलो खतरा कहिल्यै देखिएको थिएन
-
एमालेको जागरण सभामा जे देखियो...
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन