शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १५ सय १५ पुग्यो

शुक्रबार, १२ असार २०७७, २१ : ४६
शुक्रबार, १२ असार २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा एकै दिन २२१ जनामा कोभिड– १९ संक्रमण पुष्टि भएपछि  कृयाशिल संक्रमितको संख्या १५१५ पुगेको छ । आज थप २२१ जना कोभिड – १९ को संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १५सय १५ पुगेको हो ।

रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परिक्षण वाट  १८६ र सेती प्रमदेशिक अस्पतालबाट गरिएको परिक्षण बाट थप ३५जनामा पुष्टि भएको  स्वास्थ्य निर्देशनालय डोटीले मिडिया व्रिफिङ्गमा जानकारी दिएको छ । 
यस अघि नै ३४२ जना संक्रमित निको भई घर गईसकेका छन भने ५ जना संक्रमितको मृत्यु भईसकेको छ ।


 पुस्टि भएका मध्ये कैलाली २४ पुरुष,१३ महिला, कञ्चनपुर ३६ पुरुष, ८ महिला,  अछाम २ पुरुष ,  बाजुरा १७ पुरुष, १० महिला छन् । त्यसैगरी २१ पुरुष,६ महिला, डडेल्धुरा १ पुरुष, डोटी २९ पुरुष,४२ महिला,बझाङ्ग ६ पुरुष,३ महिला र दार्चुला ३ परुष  रहेको सामाजिक बिकास मन्त्रालयका स्वमस्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलाई जानकारी दिए ।  प्रदेशमा हालसम्म १५ हवजार ७ सय ९८ जनाको पिसिआर बिधिवाट जाच गरिएका मध्ये १३ हजार ९३६ को नेगेटिभ आएको उनले बताए ।


४ हजार ९ सय ७ को रिपोर्ट आउन बाँकी छ र पोजिटभ संक्रमितको बिभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए । संक्रमितहरु अछाम ११४, बैतडी २०४ , बझाङ्ग ६४, बाजुरा १२८, डडेल्धुरा २१९, दार्चुला १६, डोटी २६२, कैलाली ५५१, कञ्चनपुर ३०४ गरी १८ सय ६२  रहेका छन् भने जस्मध्ये ३४२ जना निको भइघर गएका र ५ को मृत्यु पश्चात अब संक्रमित कृयाशिल संख्या १५ सय १५ रहेको स्वास्थ्य महाशाखा प्रमुख  कार्कीले बताए । 
आरडिटी बिधिवाट १ लाख ७ हजार १३२ जनामा परिक्षण गरेको छ । 


क्वारेन्टिन बेर्ड ८३ हजार ७०० छन्  । प्रदेशका विभिन्न आइसोलेसनमा शंकास्पद १८ र संक्रमित १०० गरी ११८ जनाको  उपचार भइरहेको उनले वताए । ५९९ जना भने सामान्य उपचारपछि घर गइसकेको उनले बताए । 
 सेती प्रादेशिक अस्पताल धनगढीमा १०, टिकापुर ३२, महाकाली,२२, अछाम १०, बझाङ्ग १ ,डोटी ३ ,बाजुरा १,  दार्चुला १  र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भई रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप