विवाहका लागि मनले खाने भेटेकी छैन : मलिना
पूर्वमिस नेपाल मलिना जोशी अहिले चर्चामा छिन् । चलचित्र अभिनयका कारणले उनी चर्चामा छाहेकी हुन् । उनको अभिनय रहेको दुई चलचित्र ‘लिला’ र ‘रानी’ केही समयको अन्तरालपछि प्रदर्शनमा आउँदैछन् । एकसाथ प्रचार प्रसारमा उत्रिएका दुवै चलचित्रको प्रचार प्रसारमा समय मिलाउन उनलाई अहिले हम्मेहम्मे परेको । मिस नेपाल भएपछि केही म्युजिक भिडियो अभिनय गरेर कलाकारिताको करियर सुरु गरेकी उनले ‘कलिउड’ चलचित्रको आइटम डान्स मार्फत चलचित्र यात्रा सुरु गरेकी हुन् । त्यससपछि ‘ऋतु’, ‘झुम्की’ र ‘द विनर’ चलचित्र उनले अभिनय गरिन् । तर यी सबै चलचित्र बक्स अफिसमा असफल ठहरिए । हेर्दा सुन्दर र राम्रो अभिनय गर्न सक्ने क्षमताकी मलिना प्रदर्शनको तयारीमा रहेका दुई चलचित्रबाट निकै आसावादी छिन् । यी नै अभिनेत्री मलिनासँग रातोपाटीको दश प्रश्न ।
तपाईंको चलचित्र ‘लिला’ र ‘रानी’को अहिले प्रचार प्रसारको चलिरहेको छ । समय व्यवस्थापन कसरी गर्नुभएको छ ?
– दुवै चलचित्रको प्रचार प्रसारमा साथ दिन निर्कै गाह्रो परिरहेको छ । केही समयको अन्तरालमा दुई चलचित्र आउँदैछन् । दुवैलाई समय दिनै पर्यो । अहिले मेरो एड क्याम्प पनि चलेको छ । यसमा पनि मेरो उपस्थिति अनिवार्य छ । सकेसम्म सबैतिर समय दिने कोसिस जारी छ ।
तपाईंको फेसनतिरको रुचि ?
– छैन, छैन । मलार्इं जे राम्रो लाग्छ । त्यही पहिरन लगाउँछु । आफूलाई मन पर्यो भने पुरानो पनि लगाउँछु । धेरै मनपर्ने क्यजुअल ड्रेस हो । आफूलाई सुहाउने, राम्रो देखिने भनेको वान पिस, गाउन र सारी नै हो ।
आफ्नो कुन अङ्ग मनपर्छ ?
–आँखा मनपर्छ । सबैले मेरो आँखाको प्रसंशा गर्छन् ।
पूरा नभएको सपना पनि होला नि ?
– त्यस्तो केही छैन । मेरो पहिलो सपना ‘मिस नेपाल’ बन्ने थियो । त्यो पूरा भयो । अहिले कलाकारितामा राम्रो कलाकार बन्ने रहेको छ । त्यो पूरा गर्दैछु । बुबाआमाको सपना भन्नुहुन्छ भने मलाई विवाह गरेर पठाउने रहेको छ । हेरौँ, त्यो कहिले पूरा हुन्छ ।
अभिनयको पहिलो कमाइ केमा खर्च भयो ?
–खै केमा खर्च गरे गरँे । अहिले यादा छैन । त्यस्तो उल्लेखनीय काम गरेकी छैन ।
फुर्सदको समय कसरी सदुपयोग गर्नुहुन्छ ?
– आफ्नो रुममा बसेर फेसबुकमा च्याट गर्छु । युट्युब हेर्छु ।
मनपर्ने हिरो ?
–बलिउड अभिनेता शाहरुख खान ।
कस्ता गीत सुन्ने गर्नुभएको छ ?
– म एकदमै रोमान्टिक मान्छे छु । गीत सङ्गीत पनि यस्तै खालका मनपर्छ र सुन्छु ।
प्रेम परेको छ कि छैन । विवाह कहिले गर्ने ?
–अहिलेसम्म प्रेम परेको छैन । विवाहको कुरो गर्ने हो भने अहिलेसम्म मनले खाने भेटेकी छैन । त्यस्तो आए, विवाह गर्छु ।
रोजेको व्याक्तिसँग डेटको अफर दियो भने ?
– आफूसँगै ‘रानी’ चलचित्रमा अभिनय गर्ने कलाकार सरुक र मनिषसँग जान चाहान्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक