बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘द नेक्स्ट ग्रुप’सँग समिरको ‘मादल घिन घिन बजेपछि’

शुक्रबार, २३ भदौ २०७४, १४ : ०१
शुक्रबार, २३ भदौ २०७४

काठमाडौं – करिब एकबर्ष अगाडि ‘दुनियाँ बेग्लै छ’ बोलको गीत मार्फत सांगीतिक बजार तताउन सफल गायक समीर आचार्यले फेरि अर्को गीत ‘घिन घिन वज्यो मादलु’ सार्वजनीक गरेका छन् । 

समीरले यो गीत भिडियो सहित सार्वजनिक गरेका हुन् । भिडियोमा अष्ट्रेलियामा रहेर पनि विश्वमाँझ रहेका नेपालीहरुको मनमा बस्न सफल ‘डान्स ग्रुप द नेक्सट’ले नृत्य गरेका छन् ।

प्रदिप लामाको कोरियोग्राफी रहेको यो गीतमा अभियान थापाको छायांकन तथा सम्पादन छ । यो गीतको भिडियोमा प्रदिप लामा, अमित बज्रचार्य, सुरक्षा थापा, प्रभा दवाडी, साजिया मिया लगायतले नृत्य गरेका छन् । 
 
आफ्नो बुवाको एल्बममा रहेको पुरानो टप्पा गीतलाई नयाँ फ्लेवरका साथ समिरले यो गीत बजारमा ल्याएका हुन् । यसका शब्द तथा संकलन चिन्तामणी शर्माको रहेको छ ।

– आफ्ना अहिलेसम्मकै गीतमा यो विशेष रहेको गायम समीरले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप