शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महासचिवमार्फत ओलीले पठाए बैठकमा उपस्थित हुन नसक्ने सन्देश

शुक्रबार, १२ असार २०७७, १६ : ५८
शुक्रबार, १२ असार २०७७

काठमाडौं । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारको स्थायी समिति बैठकमा उपस्थित नरहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । 

बैठकपछि पत्रकारमाझ प्रस्तुत भएका प्रवक्ता श्रेष्ठले महासचिव विष्णु पौडेलमार्फत ओलीले बैठकमा सहभागी हुन नसक्ने सन्देश पठाएको जानकारी दिए । औलीले अरु नै काममा व्यस्त हुनुपर्ने भएकाले बैठकमा उपस्थिति हुन नसक्ने सन्देश महासचिवमार्फत  पठाएको श्रेष्ठको भनाइ छ । समय मिले आउछु भन्ने सन्देश समेत पठाएको भएपनि ओली बैठक अवधिभर नआएको प्रवक्ता श्रेष्ठको भनाइ छ । 

आजको बैठकमा भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा छलफल केन्द्रीत रहेको थियो ।  सो सो विषयमा स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, मात्रिका यादव, देव गुरुङ, गोकर्ण विष्ट, पम्फा भुसाल, बेदुराम भुसाल, रघुबीर महासेठ, भीम रावल, अष्ठलक्ष्मी शाक्यलगायत १८ जनाले धारणा राखेका थिए । 

बैठकमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अतिक्रमित भूमि फिर्ता गर्न भारतसँग वार्ताको प्रयास गरिएको भएपनि सकारात्मक नतिजा निस्कन नसकेको धारणा राखेका थिए । यस्तै उनले चीनले नेपालको भूमि मिचेको भन्दै खबरहरु आएपनि त्यसमा कुनै सत्यता नरहेको बैठकमा जानकारी गराएका थिए । 

अर्को बैठक भोलि बिहान ११ बजे बस्ने गरी आजको बैठक सकिएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप