रौतहटमा समुदायभित्र छिर्यो कोरोना, संक्रमितको संख्या ११ सय नाघ्यो
रौतहट । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस रौतहटको समुदायमा प्रवेश गरेको छ । भाइरस समुदायमा प्रवेश गरेसँगै जिल्लामा संक्रमितको संख्या ११ सय नाघेको छ । जिल्लामा पहिलोपटक क्वारेन्टिन बाहिर समुदायमा रहेका ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । बिहीबार ३८ कोरोना संक्रमितमध्ये ३ जना क्वारेन्टिन बाहिर अर्थात समुदायमा घुमिरहेका मानिसमा संक्रमण देखिएको छ ।
गौर नगरपालिका वडा ५ का २ पुरुष र इशनाथ नगरपालिका ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको रौतहटका सिडिओ वाशुदेव घिमिरेले बताए । अर्का ३० वर्षीय संक्रमित रौतहटको बोधिमाई नगरपालिकाको बंकुल चोकका पसले हुन् ।
भारत बिहार मोतीहारी थानाक्षेत्र अन्तरगत कोरहीयाटोला घर भई उनी गौर ५ मा रहेको ससुराली बस्दै आएका थिए । गौरमा भेटिएका संक्रमितमध्ये ईशनाथ नगरपालिका–२ घर भई गौर ५ बस्दै आएका एक १७ वर्षीय युवक पनि हुन् । काठमाडौंमा पीसीआर जाँच गराउँदा उनलाई संक्रमण पुष्टि भएको सिडिओ घिमिरेले बताए ।
तेस्रो संक्रमित ईशनाथ नगरपालिका वडा न ३ घर भई वडाध्यक्षको सवारी चालाउँदै आएका २५ वर्षीय युवक हुन् । संक्रमण पुष्टि भएका सबैजनालाई गौरीशंकर यादव क्याम्पसमा रहेको आइसोलेसनमा राखिएको छ । उनीहरुको कन्ट्रयाक ट्रेसिङसमेत सुरु भएको छ ।
सिडिओ वासुदेव घिमिरेकाअनुसार १७ वर्षीय युवकको परिवारका सदस्यहरूको स्वाब संकलन भइसकेको र अन्य दुईजनाको परिवारको पनि संकलन गरिनेछ । बिहिवार साँझसम्म जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या १ हजार ७७ रहेकोमा शुक्रवार थप ३८ जनामा संक्रमण पुष्टी भएसंगै संक्रमितको संख्या ११ सय १५ पुगेको छ ।
हाल ८ सय ३० जना जिल्लाका बिभिन्न क्वारेन्टाईनमा रहेका छन् भने कोरोना जितेर घर फर्किनेको संख्या ७ सय १५ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्याँकमा उलेख रहेको छ । स्वाब संकलन गरिएका मध्ये ११ सय ४३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । सिडिओ घिमिरेले समुदायमा रहेका मानिसमा कोरोना संक्रमण देखिनु चिन्ताजनक भएको बताउँदै सजगता अपनाउन जिल्लावासीलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई