शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘ए मेरो हजुर ४’को रिलिज सर्ने

शुक्रबार, १२ असार २०७७, १३ : ०६
शुक्रबार, १२ असार २०७७

काठमाडौं । फिल्म ‘ए मेरो हजुर ४’को रिलिज सर्ने भएको छ । निर्माण घोषणा समयमा आगामी दशैंमा रिलिज हुने बताइएको फिल्म कोरोनाको कारण छायाँकनमै रोकिएको कारण रिलिज सर्ने भएको हो । 

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको रोमान्स रहेको ‘ए मेरो हजुर ४’को काम नसकिएकोले दशैंमा रिलिज हुन नसक्ने देखिएको हो ।

छायाँकन नसकिएको र चलचित्र घर पनि नखुलेको अवस्थामा फिल्मको रिलिज दशैंमा हुन्छ भनेर अहिले नै निर्णय लिन नसकिने निर्माता सुनिलकुमार थापाले बताए ।

फिल्मको अहिले ३० प्रतिशत मात्र छायाँकन सकिएको छ । फिल्मको छायाँकन चलिरहेको समयमा लकडाउन भएपछि काम रोकिएको हो । अझै फिल्मको छायाँकन कहिलेदेखि सुरु हुने निर्माण टिम नै अन्योलमा रहेको छ ।
झरना थापाको निर्देशन रहने फिल्ममा अनमोल र सुहानाको अलवा सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप