मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रीनविच नेपाली सोसाइटी युके द्वारा बाग्लुङमा राहत वितरण

शुक्रबार, १२ असार २०७७, १२ : २२
शुक्रबार, १२ असार २०७७

 बेलायतको लन्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटीले बागलुङको गलकोट-३ मा ५० घर बिपन्न परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । 

उक्त कार्यक्रमको संयोजन तथा सहजीकरण नेपाली वेलफेर सोसाईटी युकेले गरेको थियो ।  

कोरोनाको कारण श्रमजीवी समूदायमा पैदा भैरहेको खाद्य संकट समाधान गर्न सस्थाले राहत स्वरुप प्रतिघर एक बोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पोका आयो नुन उपलब्ध गरिएको अध्यक्ष शर्मिला हिराचन थकालीले बताइन् । 

राहत बितरणको संयोजन  गरेका नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष तथा एनआरएनए युकेका सदस्य धन बहादुर सार्कीले संघ संस्थाहरुको सहकार्यले आफूलाई थप उत्साह जागेको बताए भने संस्थाका महासचिव मन्जु भण्डारीले संकटको बेला आफ्नो मातृभूमि प्रति समर्पित हुनु असल नागरिकको कर्तब्य भएको बताइन् । 

एनआरएन युकेका सचिव तथा संस्थाका उपाध्यक्ष जीत  रानाभाटले आरजीएनएस  तथा नेपाली वेलफेर सोसाईटीले गर्दै आइरहेको राहत वितरण स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागिता र रोहबरमा मात्र गरिएको हुँदा नेपाल सरकारको एकद्वार प्रणालीलाई थप सहयोग भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप