अत्यधिक रक्तस्राव हुन थालेपछि सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार
शुक्रबार, १२ असार २०७७, १२ : १५

बागलुङ – अत्यधिक रक्तस्राव हुन थालेपछि सुत्केरीलाई हेलिकप्टर उद्धार गरिएको छ । बागलुङको बरेङ गाउँपालिका–२ बराहकोटकी १९ वर्षीया तिर्सना श्रीसलाई गाउँपालिकाले आज बिहान उद्धार गरेको हो ।
बिहीबार साँझ हुग्दीशिर स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनीको अत्यधिक रक्तस्राव हुनथालेपछि थप उपचारका लागि प्रादेशिक अस्पताल पोखरा पठाइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।
सुत्केरीको रक्तस्राव नरोकिएपछि थप उपचारका लागि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा अस्पताल पठाइएको उनले बताए । चिकित्सकका अनुसार नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च
-
वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा
-
आज मगर एकता दिवस, कुन-कुन पालिकाले दिए सार्वजनिक बिदा ?
-
मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
-
हमासले गाजामा रेडक्रसलाई सुम्पियो चार इजरायली बन्धकको शव
-
पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ आज वर्षाको सम्भावना ?