बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालुवाटारमा नेकपा स्थायी समिति बैठक सुरु

शुक्रबार, १२ असार २०७७, १२ : ०७
शुक्रबार, १२ असार २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेर २० मिनेटमा बैठक सुरु भएको नेकपा प्रचारविभाग उपप्रमुख सुर्य थापाले जनाकारी दिएका छन् । 

शुक्रबार दोस्रो दिनको बैठकमा सदस्यहरुले सातवटा एजेण्डामा केन्द्रीत रहेर धारणा राख्नेछन् । बुधबार बसेको पहिलो दिनको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेर स्थगित भएको थियो । 

अध्यक्षद्धयको मन्तव्यबाहेक कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार,नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा,पार्टी कामको समीक्षा र संगठनात्मक एकताका बाँकी कामहरू सम्पन्न गर्ने र एमसीसी र विविध गरी प्रमुख सात एजेण्डामा छलफल हुने नेकपाले जनाएको छ । 

पहिलो दिनको बैठकमा अध्यक्ष ओली र प्रचण्डले दिएका मनतव्यपछि नेकपामा तरंग उत्पन्न भएको छ । खासगरी पार्टी र सरकार सञ्चालनमा भएको एकलौटी निर्णय प्रक्रियामा अधिकांश सदस्यहरु असन्तुष्ट देखिएका छन् । यसै क्रममा ओली र प्रचण्डले एकले अर्कालाई सहयोग नगरेको भन्दै आपसमा घोचपेच गरेका थिए । 

पहिलो दिनको बैठकको भोलिपल्ट बिहीबार अध्यक्षद्धयले पुन भेटवार्ता गरेर बैठक कसरी व्यवस्थित बनाउने भन्ने छलफल गरेका थिए । 

नेकपामा पार्टी तथा सरकार सञ्चालन र एमसीसीबारे चर्को विवाद छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप