शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा स्कोरपिओको ठक्करबाट तीन जनाको मृत्यु

शुक्रबार, १२ असार २०७७, ११ : ०५
शुक्रबार, १२ असार २०७७

विराटनगर – विराटनगरमा स्कोरपिओ गाडीको ठक्करबाट ती जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा स्कोरपिओ गाडीको ठक्करबाट बिहीबार राति तीन जनाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतिर आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओले करिब ४०–४५ वर्षीया पैदल महिला यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिए ।

त्यसपछि अनियन्त्रित बनेको स्कोरपिओले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

ठक्करबाट मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार अन्दाजी ३५ वर्षीय पहिचान नखुलेका अर्का पुरुषको मृत्यु भएको डीएसपी गिरीले बताए ।

पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको गिरीले जानकारी दिए ।

उनले दुर्घटनामा परेर मृत्यु भएपनि पहिचान नखुलेका दुई जनाका बारेमा थप सोधीखोजी गरेर बुझ्ने काम भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको बताए ।

स्कोरपिओका धनीसमेत रहेका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले कानेपोखरीकै रमाइलोबाट राति १० बजे नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप