केन्द्रीय संस्करण

विप्लव समूहका सुनसरी जिल्ला इन्चार्ज पेस्तोलसहित पक्राउ

person explore access_timeअसार १२, २०७७ chat_bubble_outline0

सुनसरी । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका सुनसरी जिल्ला इन्चार्ज रोशन राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले ‘मेड इन युएसए अटोमेटिक पेस्तोल’ सहित राईलाई पक्राउ गरेको हो । 

धनकुटा शहिदभूमि गाउँपािलका–६ का २७ वर्षीय राईलाई धरान उपनपा–१५ स्थित लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको डीएसपी ज्ञानेन्द्र बस्नेतले रातोपाटीलाई जानकारी दिए । 

पक्राउ परेका राईलाई सोधपुछ गर्ने क्रममा पार्किङ गरिराखेको मोटरसाइकलको सिटभित्र लुकाएर राखेको अवस्थामा पेस्तोल र गोली बरामद गरिएको डीएसपी बस्नेतले बताए । 

उनले भने, ‘पेस्तोलसहित म्याग्जिन एक थान, सो म्याग्जिनमा लोड भएको अवस्थामा गोली राउण्ड ३ थान, मोबाइल २ थान र ६ वटा सिम समेत बरामद भएको छ ।’

पक्राउ परेका राईविरुद्ध जिल्ला अदालत सुनसरीबाट हातहतियार खरखजना मुद्दामा अनुसन्धानको लागि म्याथ थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.