शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १३९० पुग्यो

शुक्रबार, १२ असार २०७७, १० : २८
शुक्रबार, १२ असार २०७७

कैलाली – सदूरपश्चिम प्रदेशमा कोभिड १९ क्रियाशिल संक्रमितको संख्या  १३९० पुगेको छ । बिहिबार थप १०६ जना कोभिड १९ को संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १३९० पुगेको हो ।

 रास्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परिक्षण वाट थप १०६ जनामा पुस्टी भएको  स्वास्थ्य निर्देशनालय डोटी ले मिडिया व्रिफिङ्गमा जानकारी दिएको छ । 

यसअघि नै २४४ जना संक्रमित निको भई घर गइसकेका छन् भने ५ जना संक्रमितको मृत्यु भइसकेको छ ।

पुष्टि भएकामध्ये कैलालीका २ पुरुष, कंचनपुर ४७ पुरुष,११ महिला,  अछाम ९ पुरुष , ४ महिला, बाजुरा २ पुरुष,२ महिला बैतडी १ पुरुष रहेका छन । डडेल्धुरा ११ पुरुष १ महिला, बझाङ्ग १३ पुरुष, ३ महिलामा  रहेको छ ।  प्रदेशमा हालसम्म १५३१९ जनाको पिसिआर बिधिवाट जाँच गरिएकामध्ये १३६८१ को नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह काक्रीले रातोपाटीलाई जानकारी दिए । 

५०५६ को रिपोट आउन बाकी छ र पोजिटभ संक्रमितको बिभिन्न अस्पतालमा उपचार भई रहेको उनले बताए । संक्रमितहरु अछाम  १०६, बैतडी १७७ , बझाङ्ग ५६, बाजुरा १०१, डडेल्धुरा २१८, दार्चुला १३, डोटी १९१, कैलाली ५१६, कंचनपुर २६० गरी १६३८  रहेका छन भने जस्मध्ये २४४ जना निको भई घर गएका र ५ को मृत्यु पश्चात अब संक्रमित कृयाशिल संख्या १३९० रहेको स्वास्थ्य महाशाखा प्रमुख  काक्री ले बताए । 

आरडिटी बिधिवाट १०४४४२ जनामा परिक्षण गरेको छ । 
क्वारेन्टाईन बेड ८६१३६ छन जसमा १८२३५ पुरुष र ४५६८  महिला  रहेको उनले वताए ।

प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद १८ र संक्रमित १२३ गरी १४१ जनाको  उपचार भईरहेको उनले वताए ।

 ५२८ जना भने सामान्य उपचार पछि घर गईसकेको उनले बताए । 
 सेती प्रादेशिक अस्पताल धनगढीमा १० ,टिकापुर ३०, महाकाली,१३, अछाम १०, बझाङ्ग १ ,डोटी ३ ,बाजुरा १, डडेल्धुरा ३४, दार्चुला १  र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भई रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप