पायलको सोनमलाई कटाक्षः ‘तिम्रो श्रीमानको तालु खुइलिएको छ र सुगठित शरीर छैन, सायद यो तिम्रो भाग्य हो’

यदि तपाईंले भारतीय अभिनेत्री पायल रोहात्गीलाई सोसल मिडियामा फलो गरिरहनुभएको छ भने सुशान्त सिंह राजपूतको मृत्यु पछि उनले थुप्रै बलिउड सेलिब्रिटीलाई निशाना पारिरहेको बारे थाहा तपाईंलाई थाहा होला । सलमान खानदेखि करन जोहर र पूरा फिल्मी उद्योगलाई सुशान्तलाई नचिनेको भन्दै तथानाम भनेकी छिन् । उनको पछिल्लो भिडियोमा सुशान्तको आत्महत्यालाई हत्याको संज्ञा दिएकी छिन् । यसमा उनले सुशान्तका ती डाक्टरमाथि शंका गरेकी छिन् जसलाई सुशान्तले डिप्रेशनका लागि सम्पर्क गरेका थिए । यस्तै थुप्रै भिडियो उनको इन्स्टाग्राम फिडमा पाउन सकिन्छ । यद्यपि, उनको पछिल्लो भिडियोमा पायलले सोनम कपुरलाई मात्र नभइ उनका श्रीमान् आनन्द आहुजालाई समेत ट्रोल गरेकी छिन् ।
करन जोहरको कार्यक्रम कफी विद करनमा पुरानो श्रृङ्खलामा सुशान्तलाई सोनमले ‘हट’ नभएको बताएकी थिइन् । उनले यहि भिडियो उद्धृत गर्दै आफ्नो रिस पोखेकी छिन् । पायलका अनुसार यदि सुशान्त ‘हट’ छैनन् भने उनका श्रीमान् पनि हट छैनन् । पायलले आनन्दको तालु खुइलिएको भन्दै उनको शरीर सुगठित नभएको र हेर्दा समेत आकर्षक नभएको बताएकी छिन् ।
पायलले यो भिडियो सोनमले उनलाई ट्वीटरमा ब्लक गरेपछि बनाएकी हुन् । भिडियोको क्याप्सनमा उनले लेखेकी छिन्, ‘सोनम तिम्रा श्रीमान् हट छैनन्, राम रामजी । सोनम कपुर तिम्रा श्रीमान् तालुखुइले छन् र उनको सुगठित शरीर पनि छैन । सायद यो तिम्रो भाग्य हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ दिनमै सकियो एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा ‘फ्लड लाइड’ जडान कार्य
-
बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी
-
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो
-
पहिरोले करिब ३० मिटर सडक पुरियो, सडकमा विशाल ढुंगा