बूढीगण्डकीको बजेट घट्यो
गोरखा – सरकारले बूढीगण्डकी आयोजनाको बजेट झन्डै आधा घटाएको छ । आर्थिक वर्ष २०७७/७८ मा बाँकी मुआब्जा वितरण र आयोजनाको मोडालिटी निर्माणका लागि जम्मा आठ अर्ब ८४ करोड रुपियाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा १३ अर्ब ५७ करोड ५६ लाख रुपियाँ छुट्याइएको थियो ।
आयोजनाको मोडालिटी निर्माण गर्ने भनेर सरकारले यस वर्ष आठ अर्ब रुपियाँ छुट्याएको छ, बूढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले भने, “यसले घर, गोठ, बोटबिरुवाको मुआब्जा वितरणसमेत गर्ने हाम्रो योजना छ । ” तर त्यसको मुआब्जा निर्धारण बाँकी रहेकाले रकम पर्याप्त हुने÷नहुने यकिन नभएको उनले बताए ।
उक्त मुआब्जा वितरणका लागि १० अर्ब रुपियाँभन्दा बढी रकम आवश्यक हुने विज्ञहरूको दाबी छ ।
जग्गाको मुआब्जा त अब अन्तिम चरणमा पुगेको छ । केही नमिलेका जमिन बाँकी छन् । त्यसलाई पुग्ने पैसा हामीसँगै छ, कार्कीले भने, “आयोजनाको काम अघि बढाउन पैसा अभाव हुँदैन । कोरोनाको सङ्कटले कस्तो रूप लिन्छ त्यसमा चाहिँ निर्भर रहन सक्छ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा नरेन्द्र ढकालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र चीनबिच कैदी साटासाट
-
ट्रम्पसँग डिनरमा गए जुकरबर्ग, चार वर्षअघि ट्रम्पमाथि लगाएका थिए प्रतिबन्ध
-
सिन्धुलीको बुद्धचित्त माला विवादमा थप एक जना पक्राउ
-
क्रान्तिकारी कम्युनिस्ट पार्टी राष्ट्रिय एकता महाधिवेशनको र्याली (तस्बिरहरु)
-
पराजित हुने भयले कर्णालीमा उम्मेदवारविहीन भयो एकीकृत समाजवादी
-
कांग्रेस–एमालेको गढमा माओवादीको धावा !