दुई करोड अमेरिकी कोरोनाद्वारा संक्रमित हुने आशंका, टिकटकमार्फत् जागरुकता फैलाइने

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले दुई करोड बढी अमेरिकी कोरोनाद्वारा संक्रमित हुनसक्ने आशंका जताएको छ ।
सिडिसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले बिहिबार मिडियासँगको कुराकानीमा यस्तो आशंका व्यक्त गरेका हुन् । उनले भने, ‘हाम्रो सबैभन्दा राम्रो अनुमान यो हो कि जब एकजना मात्रै कोरोनाका नयाँ संक्रमित देखिन्छ तब १० अन्य संक्रमित थपिन्छन् ।’
सिडिसीका अनुसार अमेरिकामा यो महामारीले युवावर्गलाई सर्वाधिक प्रभावित पारिरहेको छ । यद्यपि, यसको फाइदा यो हो कि यसले संक्रमित व्यक्तिको मृत्युको संख्यामा कमी आउन सक्छ ।
सिडिसीका संक्रामक रोग विशेषज्ञ डा. जय बटलरका अनुसार युवा संक्रमित हुनुको सबैभन्दा मुख्य कारण ज्येष्ठ नागरिकले झैं युवावर्गले सावधानी अपनाउँदैनन् ।
अमेरिकी सिडिसीले युवामा यसबारे जागरुकता बढाउनका लागि टिकटकजस्तो सोसल मिडिया प्लेटफर्मको प्रयोग गर्नेबारे विचार गरिरहेको जानकारी दिएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म