बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एम्पियर इलेक्ट्रिक स्कुटर लकडाउन लगत्तै नेपाल आउँदै, सुरु भयो अनलाइन बुकिङ

बिहीबार, ११ असार २०७७, १८ : ५५
बिहीबार, ११ असार २०७७

काठमाडौं– ग्रिभ्स कटन लिमिटेडको इलेक्ट्रिक स्कुटर ब्राण्ड एम्पियर लकडाउन लगत्तै नेपालमा आउने भएको छ । भारतीय बजारमा २० प्रतिशत भन्दा बढी मार्केट शेयर रहेको एम्पियर इलेक्ट्रिकलाई डीएसएम ग्लोबलले नेपाल ल्याउन लागेको हो ।

‘नेपालका लागि एम्पियरको डिलर नियुक्त हुन पाउँदा हामी खुसी छौं,’ डीएसएम ग्लोबलका प्रबन्ध निर्देशक देवस्वरुप महर्जनले भने, ‘हामीलाई विश्वास छ, विद्युतीय सवारीसाधनमा ग्रिभ्स कटनले हासिल गरेको दक्षता र अनुभवबाट हामी वातावरणमैत्री र दीर्घकालीन परिवहनको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउन सक्नेछौं ।’ 

‘नेपाल सरकारले अहिले ‘न्यू एण्ड क्लिन इनर्जी भेहिकल’लाई प्रोत्साहन दिने नीति लिएको छ । तसर्थ ग्रिभ्स कटन र हामीबीचको साझेदारी ग्राहक र वातावरण दुवैका लागि फाइदाजनक हुनेछ,’ उनले अगाडि भने, ‘हामी पनि नेपाल सरकारले जारी गरेको निर्देशनको पालना गरिरहेका छौं र लकडाउन हटेपछि मात्र स्कुटरको डेलिभरी थाल्ने छौं । तथापी हामी अहिले नै अनलाइन बुकिङ लिन थालिसकेका छौं ।’

कोभिडपछि छोटो यात्राका लागि इलेक्ट्रिक स्कुटरहरुको प्रयोग बढ्ने अपेक्षा गरेको पनि उनले बताए । अझ यी स्कुटरमा इन्धन र मर्मत खर्च नगन्य हुने भएकाले इलेक्ट्रिक स्कुटरको लोकप्रियता उच्च हुने अनुमान गर्न सकिन्छ । पेट्रोल पम्पहरुमा भिडभाड गरी लाइन बस्न नपर्ने, पैसाको आदानप्रदान हुने र सामाजिक दुरी पनि कायम हुने भएकाले इलेक्ट्रिक स्कुटर बढी सुरक्षित हुनेछन् । 

साना तथा मझौला व्यापार व्यवसायहरुका लागि त स्कुटर बरदान समान हुनेछन् । यी स्कुटरहरुको अपरेटिङ र रनिङ कस्ट भएका कारण ई–कमर्शमा डेरिभरी स्कुटरका रुपमा बढी प्रयोग हुने अपेक्षा डिएसएम ग्लोबलले गरेको छ । 
एम्पियर इलेक्ट्रिक भारतमा तीव्र गतिमा विस्तार भइरहेको इभी ब्राण्ड हो जसले पारम्परिक पेट्रोल स्कुटरको तुलनामा ८५ देखि ९० प्रतिशतसम्म खर्च बचाउँछ । सार्वजनिक भएको छोटो समयमै भारतमा ५० हजार भन्दा बढी एम्पियर इलेक्ट्रिक स्कुटर विक्री भइसकेका छन् भने दुई सयभन्दा बढी आउटलेट स्थापना भइसकेको छ । 

सन् २००८ मा पहिलो पटक भारतमा सार्वजनिक भएको एम्पियर इलेक्ट्रिकलाई गत वर्ष ग्रिभ्स कटन लिमिटेडले खरिद गरेको थियो । डीएसएम ग्लोबलले हाललाई रियो र जिल मोडेलका एम्पियर इस्कुटर नेपाल ल्याउने तयारी गरेको छ । यी दुवै लिथियम–आयन ब्याट्री–पावर्ड छन् ।

एम्पियर जिल भारतमा निकै चर्चित हाई स्पिड मोडेल हो । यसको टप स्पिड ५५ किलोमिटर प्रति घन्टा र माइलेज ७५ किलोमिटर रहेको छ । यसमा डिजिटल डिस्प्ले, पोर्टेबल ब्याट्री प्याक जस्ता फिचर छन् । यसमा ६० भोल्ट पर ३० एम्पियर आवर क्षमता भएको लिथियम आयन ब्याट्री र १२०० वाटको मोटर जडान गरिएको छ । 

एम्पियर रियो इन्ट्रि–लेभल स्कुटर हो । जसको टप स्पिड २५ किलोमिटर प्रति घन्टा र माइलेज ५५ देखि ६५ किलोमिटर रहेको छ । ४८ भोल्ट पर २४ एम्पियर आवर क्षमताभएको लिथियमआयन ब्याट्री र २५० वाटको मोटर रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप