शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको अवधिमा पनि प्रदेश ५ मा दुर्घटनाबाट ६४ जनाको मृत्यु, ३१२ जना घाइते

बिहीबार, ११ असार २०७७, १७ : ५०
बिहीबार, ११ असार २०७७

बुटवल  ।  सरकारले गरेको लकडाउनको अवधिमा प्रदेश पाँचमा ६४ जनाले दुर्घटनाका कारण ज्यान गुमाएका छन् । यस्तै ३१२ जना घाइते भएका छन् । 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिनका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो ।

प्रदेश पाँचका १२ जिल्लामा लकडाउन भएको ३ महिनाको अवधिमा २३५ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा परि ६४ जनाको मृत्यु भएको र ३१२ जना घाइते भएको पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । 

प्रहरीले उपलब्ध गराएको तथ्यांकमा प्रदेश पाँचमा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुर्घटनामा परी मृत्यु हुनेको संख्या घटेको छ । चालु आर्थिक वर्षको असारको १० गतेसम्म ४५९ जनाको दुर्घटनामा परी मृत्यु भएको छ । अघिल्लो अर्थिक वर्षमा प्रदेश पाँचमा दुर्घटनामा परि सोही अवधिमा ६२३ जनाको मृत्यु भएको थियो । 

ट्राफिक प्रहरीले प्रदेश पाँचमा लकडाउनको अवधिमा ६० लाख १७ हजार ५ सय रुपैंया राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको असार १० गतेसम्म ९ करोड ८४ लाख ७३ हजार रुपैंया राजश्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट गत आर्थिक वर्षमा १४ करोड ४१ लाख ९४ हजार ५ सय रुपैंया र आर्थिक वर्ष ०७४÷७५ मा १९ करोड ३१ लाख ६ हजार ५ सय रुपैंया राजश्व संकलन भएको थियो ।

अघिल्लो वर्षको तुलनामा राजश्व संकलन कमी हुनुमा मुख्य त लकडाउन नै भएको ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक  डिल्ली नारायण पाण्डेले बताए ।
लकडाउन अवधिमा प्रदेश भित्र ५० हजार ८९९ वटा सवारी साधन भित्रिएका छन् भने ६७ हजार ८२० वटा सवारी साधन प्रदेशबाट बाहिरिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप