बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आलिया, सोनाक्षी, सोनमको पुरानो तस्बिर सेयर गर्दै कंगनाले लेखिन्, ‘करन जोहरले भन्थे स्टारकिड्स सुन्दर देखिन्छन्’

बिहीबार, ११ असार २०७७, १४ : ०२
बिहीबार, ११ असार २०७७

सुशान्त सिंह राजपूतको मृत्युपछि कंगना रनौटले लगातार क्याम्प चलाउने र बलिउडका मुभी माफियामाथि निशाना साँधिरहेकी छिन् । कंगनाले आफ्नो केहि भिडियो पनि सेयर गरेकी छिन् जसमा उनले थुप्रै हस्तीमाथि कटाक्ष गरेकी छिन् ।

एउटा पुरानो बयानमा करनले स्टारकिड्स आउटसाइडरभन्दा धेरै राम्रा हुने बताएका थिए । यसको जवाफमा कंगनाले स्टारकिड्सका केहि पुरानो तस्बिर सेयर गरेकी छन् जसमा सबैजना निकै मोटा देखिएका छन् ।

परिवारवादको मुद्दा उठेपछि ट्वीटरमा ‘पापा हे ना’ ह्याशट्याग ट्रेन्ड भइरहेको छ । यो ह्याशट्यागको प्रयोग गरेर एक प्रयोगकर्ताले आलिया भट्ट, सोनम कपुर, सोनाक्षी सिन्हा र सारा अली खानको तस्बिर सेयर गरेका छन् । यो तस्बिर त्यतिबेलाको हो जब यी स्टारकिड किशोरावस्थामा थिए ।

यो सेयर गर्दै कंगना रनौट लेख्छिन्, ‘केहि मानिसहरुले भनिरहेका छन् कि यो बडी सेमिङ हो । तर होइन, यो रियालिटी चेक हो, मुभी माफियाका लागि । करन जोहर जस्ता मानिसहरुले भन्छन् कि आउटसाइडर्स (बाहिरका मानिसहरु) स्टारकिड्स (सेलिब्रिटीका छोराछोरी) जति राम्रो हुँदैनन् । तर यसो भन्नु उनको गल्ती होइन । मानिसहरुलाई ब्रेनवासबाट जगाउन आवश्यक छ ।’

स्टारकिड्सको पुरानो तस्बिर सेयर गर्दा कति प्रयोगकर्ताले कंगनामाथि बडी सेमिङको आरोप लगाइरहेका छन् भने कतिले उनको कुरामा पूर्ण समर्थन जताएका छन् ।

स्मरण रहोस्, सुशान्तको आत्महत्यालाई उनले नियोजित हत्याको संज्ञा दिएकी छिन् । यसका लागि मुभी माफिया जिम्मेवार भएको उनको ठहर छ । नायिकाले करन जोहरमाथि आउटसाइडर्समाथि खराब व्यवहार गरेकोजस्ता थुप्रै संगीत आरोप पनि लगाएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप