बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

३ जना मृतावस्थामा फेला

बिहीबार, ११ असार २०७७, १३ : ४९
बिहीबार, ११ असार २०७७

काठमाडौं । रामेछाप, कञ्चनपुर र महोत्तरीमा गरी तीन जना मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार     रामेछापको खाँडादेवी गाउँपालिका-३ डप्कास्थित सुनकोशी नदीको किनारामा सोही गाउँपालिका चिसापानी बस्ने ७२ वर्षीय  मोहन बहादुर खत्री बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ स्थित अमर गोकुल सामुदायिक बनमा सोही नगरपालिका-१० बिकासबस्ती बस्ने ६० वर्षीय मान बहादुर सिंह बुधबार साँझ मृत अवस्थामा फेला परेका छन् । 

महोत्तरीको बर्दिबास नगरपालिका-३ रातामाटा बस्ने ४५ वर्षीय श्याम खडका पनि सोही नगरपालिका-१ गालटार जाने बाटो छेउको घारीमा बुधबार साँझ मृत अवस्थामा फेला परेका छन् ।      

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप