शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बिहीबार, ११ असार २०७७, १३ : ४६
बिहीबार, ११ असार २०७७

काठमाडौं । सर्लाही, रुपन्देही र सप्तरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार सर्लाहीको बाग्मती नगरपालिका-३ आँपखोल्सीस्थित सडकमा बी आर ३९ एस ५५३० नम्बरको मोटरसाइकल सडकको छेउमा रहेको रुखमा ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक भारत घर भएका २७ वर्षीय संजिब ठाकुरको स्वभिमान अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको छ । 

 यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ मधवलियास्थित सडकमा बा.५ च ६७१० नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही नगरपालिका कोटिहवा बस्ने ४० वर्षीया शान्ता केसीको बुधबार राति मृत्यु भएको छ ।
 दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी सप्तरीको खडक नगरपालिका-७ कल्याणपुरस्थित सडकमा बा.१ झ ४८४ नम्बरको स्कार्पियो गाडीले स.१० प ९०५० नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका-५ बस्ने ४० वर्षीय बीरेन्द्र दास र मोटरसाइकलमा सवार उनकै ६५ वर्षीया आमाको मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप