शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाबा रामदेवको कोरोनाको औषधी महाराष्ट्रमा पनि प्रतिबन्ध

गृहमन्त्रीले भने, ‘नक्कली औषधीलाई बिक्री वितरण गर्न दिन्नौँ’
बिहीबार, ११ असार २०७७, ११ : ५९
बिहीबार, ११ असार २०७७

बाबा रामदेवको कथित कोरोनाभाइरसविरुद्धको औषधी 'कोरोनिल' माथि महाराष्ट्रको सरकारले पनि प्रतिबन्ध लगाएको छ । यसअघि राजस्थान सरकारले पनि यसमाथि प्रतिबन्ध लगाएको थियो । महाराष्ट्र सरकारका गृहमन्त्री अनिल देशमुखले कोरोनिलको क्लिनिकल परीक्षणबारे स्पष्ट जानकारी नभएको बताए । यस्तोमा महाराष्ट्रमा यस औषधीको बिक्री वितरणमा प्रतिबन्ध रहनेछ । यसअघि, मंगलबार उपमुख्यमन्त्री अजित पवारले विश्वास हुनेले यो औषधी प्रयोग गर्न सक्ने बताएका थिए ।

महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले बिहीबार ट्वीटरमा लेखेका छन्, ‘नेशनल इन्सिटिट्युट अफ मेडिकल साइन्सेस, जयपुरले पतञ्जलीको कोरोनिलको क्लिकिल परीक्षण गरिएको थियो वा थिएन भन्ने पत्ता लगाउने छ । हामी बाबा रामदेवलाई चेतावनी दिन्छौँ कि हाम्रो सरकारले महाराष्ट्रमा नक्कली औषधी बिक्रीको अनुमति दिने छैन ।’

पतञ्जली आयुर्वेदको कोरोनाको औषधीबारे बुधबार प्रतिक्रिया दिँदै आयुष मन्त्री श्रीपद नायकले योगगुरु बाबा रामदेवले देशका लागि नयाँ औषधी उत्पादन गर्नु राम्रो प्रयास भएको बताउँदै भनेका थिए, ‘तर, नियम अनुसार औषधी बनाउनअघि आयुष मन्त्रालयमा जाँचको लागि दिनुपर्छ ।’

बाबा रामदेवले कोरोनाको औषधी बनाएको दाबी गर्दै कोरोनिल र श्वसारी नामको औषधी लञ्च गरेका थिए । यसले ७ दिनमा कोरोना संक्रमितलाई शत प्रतिशत निको पार्ने दाबी गरेका थिए । औषधी लञ्च भएको पाँच घण्टापछि सरकारले यसको प्रचारमा रोक लगाएको थियो ।

सरकारले औषधीको वैज्ञानिक परीक्षण हुन बाँकी रहेको बताउँदै औषधीको लाइसेन्स, औषधीमा प्रयोग भएको सामग्री परीक्षण गरिएको स्थान, अस्पताल प्रोटोकल, स्याम्पलको आकार आदि माग गरेको थियो । पतञ्जलीले मन्त्रालयलाई ११ पानाको जवाफ पठाएको छ ।

यता, बाबा रामदेवले कोरोनिल र श्वसारीले कोरोनाको परीक्षणबाट शत प्रतिशत नतिजा अएको दाबीलाई दोहोर्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप