केन्द्रीय संस्करण

युएईबाट दुई जहाजमा ३४६ नेपाली स्वदेश फर्किए

person explore access_timeअसार ११, २०७७ chat_bubble_outline0

युएई – कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेकामध्ये बिहीबार दुई जहाजमा गरी ३४६ नेपाली स्वदेश फर्किएका छन्।

फ्लाई दुबईको उडान नम्बर एफ जी (८६२७)मार्फत युएईको दुबई विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ८:०० बजे एक सय ८९ जना स्वदेश फर्किएका छन्। आजै बिहान हिमालय एयरलाइन्सको उडान न एच–९ (५६७२) मार्फत पनि युएईको आबुधावीबाट एक सय ५७ जना नेपाली स्वदेश फर्केका छन्।

आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी, जागीर गुमेका पीडितहरु छन्। उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन्। फ्लाई दुबईको उडानबाट नेपाल फर्कने यात्रुहरुको कोरोना परीक्षण नभएको गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका उपाध्यक्ष पासाङ शेर्पाले रातोपाटीलाई बताए।आजै आबुधावीबाट हिमालय एयरलाइन्स मार्फत नेपाल फर्केका नेपालीहरुको भने  विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो।

उनीहरुको सहजीकरण र बिदाइको लागि नेपाली दूतावासका आबुधावीका प्रतिनिधि विमानस्थल पुगेका थिए। साथै गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व उपसंयोजक मनोज  गोर्खाली,एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा, कोषाध्यक्ष विकास शाही र सदस्य सुजन सापकोटा पनि विमानस्थल पुगेका थिए।

हिजो यूएईबाट हिमालयन एयरलाइन्स उडान न एच–९ (५६७२) मार्फत युएईको आबुधावीबाट १ सय ५१ जना स्वदेश फर्किएका थिए।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.