बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुषले यसकारण खानुपर्छ नियमित रुपमा मखान, पाइन्छ यति धेरै लाभ

बिहीबार, ११ असार २०७७, १० : २२
बिहीबार, ११ असार २०७७

पुरुषको स्वास्थ्यसँग जोडिएका विभिन्न प्रकारको समस्याको उपचार घर बसीबसी नै गर्न सकिन्छ । घरेलु उपचारमा विभिन्न प्रकारका यस्ता खाद्य सामग्री छन् जसको नियमित रुपमा सेवन गरेको खण्डमा शरीरलाई विभिन्न रोगबाट सुरक्षित राख्न मद्दत मिल्छ । मखान यस्तै एउटा विशेष खाद्य पदार्थ हो जसको सेवन विभिन्न रुपमा गर्ने गरिन्छ । यस्तै मखानले पुरुषमा अझै राम्रो लाभ देखिन्छ ।

यौन स्वास्थ्यमा सुधारः

यौन स्वास्थ्यसँग जोडिएको समस्याबाट ग्रस्त पुरुषले नियमित रुपमा मखानको सेवन गर्नुपर्छ । एक अध्ययनका अनुसार मखानमा यस्तो विशेष गुण पाइन्छ जसले टेस्टोस्टेरोन हर्मोन बढाउन मद्दत गर्छ । यो एउटा यस्तो हर्मोन हो जो महिला र पुरुष दुबैमा पाइन्छ । पुरुषमा मुख्य रुपमा यसले कहिलेकाँही राम्रोसँग काम गर्दैन जसका कारण यौन स्वास्थ्यसँग जोडिएको समस्या उत्पन्न हुनेगर्छ ।

शुक्रकिटको संख्या बढाउन मद्दत गर्छः

नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेशनका अनुसार शुक्रकिटको संख्या बढाउनका लागि पनि मखानले प्रभावकारी रुपाम असर देखाउने गर्छ । क्लिनिकल ट्रायलको अध्ययन अनुसार मखानको सेवन गर्ने पुरुषको शुक्रकिटको संख्या बढेको पाइयो ।

रक्तचापलाई सन्तुलन बनाइराख्छः

उच्च रक्तचापको समस्या विभिन्न प्रकारको स्ट्रोक र हृदय रोगका मुख्य कारण बन्न सक्छ । उच्च रक्तचापको समस्यालाई हाइपरटेन्शनको नामले पनि चिनिन्छ । वैज्ञानिक अध्ययनका अनुसार मखानमा एल्केलाइड नामको तत्व पाइन्छ । यो एउटा यस्तो गुण हो जसले हाइपरटेन्शनको समस्यालाई रोक्न र रक्तचापलाई सन्तुलित बनाउन मद्दत गर्छ ।

हृदयरोगबाट जोगाउँछः

हृदयरोगसँग जोडिएको समस्याले पुरुषलाई बढी सताउँछ । यसको एउटा कारण यो पनि हो कि उनीहरुको क्वालिटी अफ लाइफ र दैनिक तालिकासँग जोडिएका थुप्रै बानी हृदय रोगको प्रमुख कारण बन्ने गर्छ । मखानाको नियमित रुपमा सेवन गर्दा यसले हृदयरोगको समस्याबाट पुरुषलाई जोगाउने गर्छ । मखानालाई सुत्नुअघि दुधमा राखेर उमालेर पिउन पनि सकिन्छ ।

मधुमेहको जोखिम कम गर्छः

मधुमेहको खतरालाई कम गर्नका लागि वा जोखिमबाट जोगाउनका लागि पनि मखान सबैभन्दा राम्रो खाद्य पदार्थ मानिन्छ । एक अनुसन्धानका अनुसार मखानमा सुगर लेभल कम गर्नका लागि एक विशेष गुण पाइन्छ । तसर्थ मधुमेहका बिरामी ब्लड सुगरलाई कम गर्नका लागि मखानको सेवन गर्न सक्छन् ।

मोटोपनाको खतरा पनि हुनेछ कमः

मोटोपना, टाइप टु मधुमेह र केहि विशेष प्रकारको क्यान्सरको प्रमुख कारण मानिन्छ । तसर्थ मोटो हुन नचाहनेहरुले पनि मखानको सेवन गर्नुपर्छ । मखानमा पाइने एथेनोल नामको तत्वले मोटोपनाको जोखिमलाई कम गर्ने वा रोक्न सक्छ ।

गिजाको स्वास्थ्यका लागिः

गिजालाई स्वस्थ बनाउनका लागि पनि मखान निकै फाइदाजनक मानिन्छ । मखानमा एन्टी इन्फ्लेमेटरी र एन्टिब्याक्टेरियल गुण पाइन्छ । यसले गिजा सुन्निने र विभिन्न प्रकारको ब्याक्टेरियाबाट दाँत र गिजालाई सुरक्षित राख्छ । यसका साथै गिजाबाट रगत आइरहेको छ भने त्यसबाट बचाउनका लागि पनि आफ्नो खानामा मखानालाई नियमित समावेश गर्नुहोस् ।

कब्जियतको समस्या टाढा राख्छः

पुरुषलाई कब्जियतको समस्याले अत्यधिक सताउने गर्छ । यो उनीहरुको खानपिनको आदतका कारण पनि हुने गर्छ । राती सुत्नुअघि दुधमा ४–५ वटा मखानलाई उमालेर पिएको खण्डमा यसमा भएको फाइबरले कब्जियतको समस्यालाई टाढा राख्छ । मखानमा फाइबरको मात्रा पाइने भएकोले यसले पाचन क्रियालाई सुचारु रुपमा चलाउन र कब्जियतजस्तो समस्यालाई टाढै राख्न निकै प्रभावकारी ढङ्गले काम गर्ने गर्छ ।

स्रोतः नवभारत टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप