ओखलढुंगामा एम्बुलेन्स दुर्घटना ,चालकको मृत्यु

ओखलढुंगाको लिखु गाउँपालिकामा बिरामी बोक्न गएको एम्बुलेन्स दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहिबार बिहान गाउँपालिकाबाट बिरामी बोक्न वडा नम्बर ९ को पोकलीतर्फ जादै गरेको एम्बुलेन्स वडा नम्बर ६ को कात्तिकेभिरमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु गाउँपालिका ४ यसमका २३ वर्षीय सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको गाउँपालिकाले पुष्टी गरेको छ ।
गाउँपालिकाको प्रदेश नम्बर ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको गाउँपालिका अध्यक्ष गोबिन्द पौडेलले जनकारी दिए ।
वडा नम्बर आठ का वडा अध्यक्षले पोकलीबाट बिरामीलाई काठमाडौँ लैजान एम्बुलेन्स मगाएपछि चलक बिहानै एम्बुलेन्स लिएर पोकलीतर्फ लागेका थिए । दुर्घटनास्थल कात्तिके भिरमा घुम्ती रहेको र बाटो समेत साघुँरो भएको स्थानबाट एम्बुलेन्स दुर्घटनामा परेको गाउँपालिकाले जनाएको छ । घटनास्थलमा अहिले स्थानिय प्रहरी पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि
-
नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ