बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

कोरोना अपडेट : सुदूरपश्चिममा संक्रमितको संख्या १३५१

बिहीबार, ११ असार २०७७, ०८ : ३२
बिहीबार, ११ असार २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोभिड १९ का कृयाशिल संक्रमितको संख्या १३५१ पुगेको छ ।

बुधबार थप २७२ जना कोभिड १९ को संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १३५१ पुगेको हो ।

बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणबाट थप २०२ , वीर अस्पतालको प्रयोशालाबाट  १३ र सेती प्रादेशिक अस्पताल कोभिड १९ को प्रयोगशालाबाट  ५७ गरी २७२ मा संक्रमण  पुष्टि भएको हो । 

यसअघि नै १७६ जना संक्रमित निको भई घर गइसकेका छन् भने ५ जना संक्रमितको मृत्यु भइसकेको छ ।

पुस्टि भएकामध्ये कैलालीका ८६ पुरुष, १९ महिला ,कंचनपुर ६९ पुरुष, १६ महिला, अछाम २२ पुरुष , १ महिला, बाजुरा ७ पुरुष, बैतडी ३ पुरुष , १ महिला र डोटी ३८ पुरुष, १० महिला रहेको  स्वास्थ्य निर्देशनालय डोटीले मिडिया व्रिफिङ्गमा जानकारी दिएको हो । 

प्रदेशमा हालसम्म ११७९६ जनाको पिसिआर बिधिवाट जाँच गरिएकामध्ये १०२६४ को नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह काक्रीले रातोपाटीलाई जानकारी दिए । 

७४२१ को रिपोट आउन बाँकी छ र पोजिटभ संक्रमितको बिभिन्न अस्पतालमा उपचार भई रहेको उनले बताए । संक्रमितहरु अछाम  ९२, बैतडी १७६ , बझाङ्ग ४०, बाजुरा ९९, डडेल्धुरा २०६, दार्चुला १३, डोटी १९०, कैलाली ५१४, कंचनपुर २०२ गरी १५३२  रहेका छन् जसमध्ये १७६ जना निको भई घर गएका र ५ को मृत्यु पश्चात अब संक्रमित कृयाशिल संख्या १३५१ रहेको स्वास्थ्य महाशाखा प्रमुख काक्रीले बताए । 
आरडिटी बिधिवाट १०२५०८ जनामा परिक्षण गरेको छ । 

प्रदेशका विभिन्न क्षेत्रमा रहेको क्वारेन्टाईनमा ८६२४५ छन् जसमा २०२६७ पुरुष र ५२५९  महिला  रहेको उनले वताए ।

प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद २४ र संक्रमित १३४ गरी १५८ जनाको उपचार भईरहेको उनले वताए ।

 ५१४ जना भने सामान्य उपचारपछि घर फर्किसकेका उनले बताए । 
सेती प्रादेशिक अस्पताल धनगढीमा १२ ,टिकापुर ३९, महाकाली,१३, अछाम १०, बझाङ्ग १ ,डोटी ३ ,बाजुरा १, डडेल्धुरा ३४, दार्चुला १  र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भई रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप