शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा ११ नयाँ संक्रमित थपिए, संक्रमितको कुल संख्या ७५३

बिहीबार, ११ असार २०७७, ०७ : ४२
बिहीबार, ११ असार २०७७

पोखरा – बिहीबार बिहान स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गण्डकी प्रदेशमा ११ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ ।

४ जिल्लामा ११ नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये म्याग्दीमा ६, स्याङ्जामा १, बागलुङमा २ र नवलपुरमा थप २ जनामा कोरोना पुष्टि भएको हो । 

नवलपुरका संक्रमितलाई आइसोलेसनमा राखिसकिएको र अन्य जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

संक्रमितमध्ये म्याग्दीको मंगला गाउपालिकाका ४ पुरुष, बेनी नगरपालिकाका १ पुरुष र १ महिलामा कोरोना देखिएकको छ । 

यसैगरी, स्याङ्जाको कालीगण्डकी गापाका १ पुरुष, बागलुङको गलकोट नगरपालिकाका २ पुरुष र नवलपुरको मध्यविन्दु नगरपालिकाका १ पुरुषमा बिहीबार बिहान कोरोना पुष्टि भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप