भक्तपुर नगरपालिकाको बजेट रु. १ अर्ब ८२ करोड

भक्तपुर । भक्तपुर नगरपालिकाको सातौं नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०७७÷७८ को अनुमानित आय—व्यय बजेट प्रस्तुत भएको छ ।
बुधबार नगरसभाले आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र जग्गा बिक्रीसमेत गरी रु. १ अर्ब ८२ करोड ४० लाखको बजेट पेश गरेको हो ।
विनियोजित बजेटको चालु खर्चतर्फ रु. ३९ करोड ८९ लाख ७६ हजार रुपैयाँ र पुँजीगततर्फ रु. ७९ करोड ७३ लाख ११ हजार विनियोजन गरेको छ ।
विनियोजित बजेटमा शिक्षा तथा संस्कृति क्षेत्रमा कूल बजेटको २०.९० प्रतिशत छ्ट्याएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा ७.६९ प्रतिशत, सम्पदा संरक्षण तथा विकास निर्माणमा २३.१५ प्रतिशत रहेको छ ।
फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.५० प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १३.५७ प्रतिशत, युवा तथा खेलकुदको क्षेत्रमा १.८४ प्रतिशत, कृषि क्षेत्रमा ०.४५ प्रतिशत र खानेपानी क्षेत्रमा ०.९८ प्रतिशत विनियोजन गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिएका छन् ।
नगरपालिकाको चालू आ.ब.का लागि कूल बजेट २ अर्ब १३ करोड १० लाख रुपैया विनियोजन गरिएको थियो ।
आयतर्फ बाह्य स्रोतबाट जम्मा १ अर्ब २२ करोड ४० लाख आम्दानी हुने अनुमान गरिएकोमा २०७७ जेठ मसान्तसम्ममा जम्मा ८२ करोड ३४ लाख ४९ हजार आम्दानी भएको र जुन अनुमान गरिएकोको ६७.३६ प्रतिशत हुन आउने उपप्रमुख रजनी जोशीले बताइन् ।
चालू आ.व.को असार मसान्तसम्ममा बाह्य स्रोतबाट ९१ करोड ६० लाख ९४ हजार आम्दानी हुने संशोधित अनुमान छ, जुन ७४.८४ प्रतिशत हुने नगरसभामा जानकारी दिएको छ ।
नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई यो आर्थिक वर्षसम्म दिइँदै आएको खाजा भत्ता र पोशाक भत्ताबापतको रकम वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर गरी यो वर्ष नलिने उल्लेख गरिएको छ ।
यो आर्थिक वर्षमा नगरपालिकाको खर्चमा विदेश भ्रमण नगर्ने र देशभित्रका विभिन्न जिल्लामा भ्रमण गरिँदाको भ्रमण भत्ता तथा समितिको बैठक भत्ता आधा आधा घटाउने उपप्रमुख जोशीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी
-
२५ जना सदस्यसहित नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
-
राज्य व्यवस्था समितिमा पुगे निजामती ट्रेड युनियनका प्रतिनिधि, ११ बुँदे ज्ञापनपत्र हस्तान्तरण
-
सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?
-
काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार
-
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ