बेलायतबाट नेपालका लागि उडे १ सय ४६ नेपाली

लण्डन । विभिन्न कारणले बेलायतमा आएर कोरोना संक्रमणका कारण रोकिएका नेपालीहरु स्वदेश फर्किन पाउँदा दङ्ग परेका छन् । विगत ४ महिनादेखि लकडाउनका कारण बेलायतमा रोकिएर बसेका करिब १ सय ४६ जना नेपालीहरु बेलायतको ग्याटवीक एयरपोर्टबाट दिउँसो ३ बजेर ५० मिनेट जाँदा नेपालका लागि उडेका हुन् । उनीहरु बिहीबार बिहान ९ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
नेपाली राजदूतावास लन्डन र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा उनीहरुलाई जजिरा एयरलाइन्सको उडानबाट प्राथमिकताका आधारमा नेपाल पठाइएको दूतावासले जनाएको छ । भिसा अवधि सकिएका, नेपालमा बाबुआमाको मृत्यु भएर काजक्रिया गर्न जान नपाएका, पढाइ सकिएका वा बीचमा छोडेरै जान लागेका विद्यार्थी, तालिमका लागि आएका कर्मचारी र सेनाका अधिकृत, जाँच दिन आएका डाक्टर, महामारीका बेला रोजगारी गुमाएका कामदार तथा बेलायतमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरुले नेपाल फर्किनेको सूचीमा नाम दर्ता गराएका थिए ।
दर्ता गराउनेहरुमध्ये प्रथामिकताका आधारमा आज पहिलो उडानमार्फत नेपाल पठाइएको गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङले जानकारी दिइन् । उनीहरुको विदाइका लागि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपाली दूतावासका प्रवक्ता शरदराज आरण, गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङ लगायतका टोली विमानस्थल पुगेका थिए ।
करिब ५ सय जना नेपालीहरुले स्वदेश फर्किन आफ्नो नाम दर्ता गराएका भएपनि हालसम्म दुईवटा उडान तालिकाको तय भएको हो । जसमध्ये आज एउटा फ्लाइट नेपालतर्फ उडेको हो । अर्को फ्लाइट २६ जुन शुक्रबारको लागि तय भएको छ । जजिरा एयरवेजका दुईवटा उडानबाट करिब तीन सयजति नेपालीहरु स्वदेश फर्किन पाउनेछन् । बाँकी रहेका नेपालीहरुलाई पनि आवश्यकताअनुसार नेपाली दूतावासद्वारा पहल गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म