शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री ऋचाले ल्याइन् ‘चलचित्र टिभी’

बुधबार, १० असार २०७७, १८ : २१
बुधबार, १० असार २०७७

काठमाडौं । अभिनेत्री ऋचा शर्माले ‘चलचित्र टिभी’ नामक एप सार्वजनिक गरेकी छन् । उनले सीमित पैसामा टिभी हेर्न मिल्ने ‘चलचित्र टिभी’ नामक सो एप सार्वजनिक गरेकी हुन् ।

एनड्रोइड मोबाइलमा डाउनलोड गर्न सकिने यो एपबाट नयाँ तथा पुराना नेपाली फिल्महरु हेर्न पाइनेछ । विदेशमा बस्ने र घरमै हरने मानिसहरुको नयाँ नेपाली फिल्म हेर्ने चाहनालाई परिपूर्ती गर्न यो एप ल्याएको अभिनेत्री शर्माले बताइन् ।
शर्माले अमेरिकामा बस्ने केही साथीहरुसँग मिलेर यो एप संचालनमा ल्याएकी हुन् । एपको सुरुवात उनले दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको दुई फिल्म ‘छ माया छपक्कै’ र ‘छक्का पन्जा ३’ राखेकी छन् । 
फिल्म राम्रो बनाएर ब्रान्डिङ गर्न सकेको खण्डमा नेपाली निर्माताका लागि यो एप आम्दानीको नयाँ स्रोत बन्न सक्ने धेरैको विश्वास छ ।

कोरोनाको कारण फिल्म बजार तहसनहस भएपछि अचेल निर्माता निर्देशक हलको विकल्पको रुपमा डिजिटल प्लेटफर्मलाई हेर्न थालेका छन् । त्यसको लागि ‘चलचित्र टिभी’ उपयुक्त हुने अभिनेत्री शर्माको भनाई रहेको छ ।
‘हलमा प्रदर्शन नभएका र हेर्न नपाएका फिल्म घरमै बसेर सीमित पैसामा हेर्न पाइने हुँदा दर्शकहरुको पनि यसतर्फ रुची बढ्ने छ’ उनले थपिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप